पूर्वसांसद यादव रायमाझी नेकपा (एस) प्रवेश

पूर्व सांसद यादवबहादुर रायमाझी एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  रायमाझी २०५६ सालमा पाल्पा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद र दुई कार्यकाल एमाले पाल्पाको अध्यक्ष भएका नेता हुन् ।  रायमाझीले शनिवार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए । विगतदेखि नै पार्टीमा चरम विकृति र विसंगति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले उल्लेख ग...