सात मध्ये ६ वटा प्रदेशमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश–२ मा विवादका कारण मनोनयन हुन नसकेपछि प्रदेश अधिवेशन प्रभावित भएको छ ।
त्यसबाहेक, प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा नेतृत्व चयनको लागि मतदान भइरहेको छ ।
प्रदेश–१ मा सभापतिका लागि संस्थापन इतरबाट गुरूराज घिमिरे र संस्थापन समूहका उद्धव थापा प्रदेश सभापतिका लागि उम्मेदवार बनेका छन् । संस्थापन समूहलाई कृष्ण सिटौला समूहले समर्थन गरेको छ ।
प्रदेश–१ मा तोकिएको समयभन्द...