रसुवा – चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै १ सय ६१ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ ।
गएको साउनदेखि बैशाख मसान्तसम्म १ सय ६१ टन खाद्य सामग्री आयात भएको हो । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ ।
तथ्यांक अनुसार फूल तथा सागपात ३७ दशमलव ७ टन, खाद्यान्न दलहन तथा अन्य ५७ टन, मसलाजन्य ३ दशमलव ४ टन, दुधजन्य ६ दशमलव ८, मासुजन्य ३ दशमलव ४, चियाजन्य १२ दशमलव ५ र सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा ...