रसुवागढी नाकाबाट नाै महिनामा १९ लाख ८५ हजार रुपैयाँकाे छुर्पी आयात

रसुवा – रसुवागढी नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा आठ टनभन्दा बढी छुर्पी आयात भएको छ । आर्थिक वर्षको साउनदेखि चैतसम्ममा तीन सय १३ टन खाद्य सामग्री आयात भएकोमा आठ टनभन्दा धेरै चिनियाँ छुर्पी आयात भएको हो । नाै महिनामा १९ लाख ८५ हजार ६ सय रुपैयाँ बराबरकाे छुर्पी आयात भएकाे हाे । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार पछिल्लो समय छुर्पीको आयात बढ्दै जान थालेको छ । यस अवधिमा सबैभन्दा बढी फल तथा सागपातजन्य सामग्रीको आयात बढी भएको छ । यसमा सोया सस र अचार ९२ टनभन्दा धेरै आया...