काठमाडौँ : हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ।मंगलवार काठमाडौंमा नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले संयुक्त रूपमा पत्रकार सम्मेलनमार्फत उक्त सम्मान घोषणा गरेका हुन्।संघले ख्यातिप्राप्त प्रशासक र व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही उत्कृष्ट योगदान पुर्याएबापत उनको सम्झनामा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले बताए।&