आवश्यकता भन्दा धेरै किताब किन्न लगाउनु विद्यालयको बदमासी हो

कतिपय निजी विद्यालयहरुले बालबालिकाहरुलाई सरकारले तोकेको भन्दा तीन गुणासम्म  बढी पुस्तक किन्न लगाउने गरेको भेटिन्छ । धेरै पुस्तक  किन्न लगाउँदैमा र पढाउँदैमा बालबालिकाले धेरै सिक्छन् वा  ज्ञानी  हुन्छन् भन्ने होइन ।   बालबालिकालाई धेरै जानकारी दिनु, सिकाउनु राम्रो हो । तर घोकाउनु त्यति राम्रो होइन । सरकारले तोकेको न्यूनतम पुस्तक बालबालिकाको साथमा राख्न दिने र पढाउने गर्नुपर्छ ।  बाँकी किताब बालबालिकाले आफ्नो इच्छा अनुसार पढ्न सक्ने गरी पुस्तकालयमा राखिदिनुपर्छ । बालबालिकालाई जबरजस्...

सम्बन्धित सामग्री

आयात मापदण्डको आवश्यकता : अन्य देशका अभ्यासको अनुसरण जरुरी

मुलुकको समग्र आयातको व्यवस्थापनका पछाडि पाँचओटा पक्ष : १. देशको समग्र राष्ट्रिय सुरक्षाको प्रत्याभूति, २. पर्यावरण संरक्षण, ३. स्वदेशी उद्योगको संरक्षण, ४. राजस्व संकलन र ५. उपभोक्ताको हकहित प्रवर्द्धन अन्तरनिहित रहेका हुन्छन् । ज्ञान, प्रविधि र सुरक्षाक्षेत्रसँग सम्बद्ध आयातहरू राष्ट्रिय सुरक्षाका दृष्टिले संवेदनशील आयात मानिन्छन् र यस्ता आयातलाई सोहीअनुरूपको प्राथमिकता दिई आयात गर्ने गरिन्छ । दोस्रो पर्यावरण संरक्षण गर्ने गरी आयात व्यवस्थापन गर्ने गरिन्छ । देशभित्र सञ्चालन गर्दा मुलुकको पर्यावरणमा नोक्सान हुने खानीजन्य, वनजन्य, रसायनजन्य वस्तु र अत्यधिक प्रदूषण उत्सर्जन गर्ने प्रशोधित वस्तुहरूको आयात रोकिनु देशको दीर्घकालीन हितमा रहेको हुँदा यस्ता आयातहरूलाई सोहीअनुरूप सकारात्मक रूपमा लिई आयात व्यवस्थापन गर्ने गरिन्छ ।    धेरै खालका रंग र रसायन मानवीय, वानस्पतिक र वातावरणीय दृष्टिले हानिकारक हुन्छन् । यस्तो क्षेत्रमा पनि निश्चित मापदण्ड तोक्ने व्यवस्था हुन पनि त्यत्तिकै जरुरी देखिन्छ । स्वदेशी उद्योगहरू देशको समग्र अर्थतन्त्रमा मेरूदण्डका रूपमा रहेका हुन्छन् । यसर्थ बाह्य मुलुकमा उत्पादित वस्तुहरूको आयातबाट स्वदेशी उद्योगहरूलाई जोगाउनु देशको मूल दायित्वभित्र पर्छ । अन्तरराष्ट्रिय कानून, बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय सन्धिसम्झौताका माझ आयातबाट स्वदेशी उद्योगको संरक्षण एक जटिल कार्यमा रूपमा चिनिन्छ जसको व्यवस्थापन गर्न निकै ठूलो कौशलको खाँचो पर्न जान्छ । स्वदेशी उद्योगको संरक्षणसँग स्वदेशी उपभोक्ताको हकहितको प्रश्न पनि सँगसँगै गाँसिएर आउने गर्छ । स्वदेशी उद्योगको अत्यधिक संरक्षण भइरहँदा र आयात नियन्त्रण भइदिँदा यसले स्वदेशी उद्योगको एकाधिकार सृजना भई उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्था पनि उत्पन्न हुने गर्छ । छल विक्रय, बल विक्रयजस्ता कार्टेल व्यावसायिक अभ्यास आम रहने तेस्रो मुुलुकमा आयातमाथिको अत्यधिक अंकुशले स्वच्छ प्रतिस्पर्धालाई निरुत्साहन गर्ने र अस्वस्थ्य प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने प्रवृत्ति देखा पर्न जान्छ । कुल राजस्वमा भन्सार राजस्वको अंश महत्त्वपूर्ण रहेको नेपालजस्तो मुुलुकका लागि आयात पनि एक महत्त्वपूर्ण पक्षका रूपमा रहेको हुन्छ । आयात निरुत्साहनबाट हुने राजस्वको क्षतिपूर्ति हुने मोडलसहित आयात व्यवस्थापन गर्ने औजार अपनाउनुपर्ने बाध्यता नेपालसामु रहेको देखिन्छ । आयात व्यवस्थापनको अर्को महत्त्वपूर्ण पाटो स्वदेशी उपभोक्ताको हकहितको संरक्षण पनि हो । उपभोक्ताको हकहितको संरक्षणमा सहज आपूर्तिको प्रत्याभूतिसहितको न्यायोचित मूल्यमा वस्तु तथा सेवाको उपभोगको एउटा पाटो रहेको छ भने ती वस्तुको गुणस्तरीय उपभोगको अर्को पाटो रहेको हुन्छ । गुणस्तरमा स्वदेशी उत्पादनमा झैं आयातको उत्पादनमा पनि समान रूपमा लागू हुन्छ । आयातको गुणस्तर कायम गर्न अन्तरराष्ट्रिय रूपमा एउटा मापन कायम भएको छ । यस मापनका अतिरिक्त विभिन्न देशले आफ्ना जनताको स्वास्थ्य रक्षाका लागि आयातमा देशविशेषका गुणस्तरका मापनहरू पनि लागू गरेका हुन्छन् । यी प्रावधान पनि दुई प्रकारका हुन्छन् । मानव, पशु, वनस्पति र पर्यावरणको रक्षाका लागि आयातमा जुन प्रावधानहरू लागू गरिएका हुन्छन् ती प्रावधानलाई गैरभन्सार मापन भन्ने गरिन्छ । यदि ती प्रावधान व्यापार अवरोधका रूपमा रहेका हुन्छन् भने ती प्रावधान गैरभन्सार अवरोधका रूपमा रहेका हुन्छन् । गुुणस्तरहीन वस्तुहरू निर्बाध रूपमा आयात हुन दिनुलाई गैरभन्सार अवरोध भन्न मिल्दैन । यो त गैरभन्सार मापन हो, जसलाई लागू गर्न राष्ट्रिय अन्तरराष्ट्रिय कानूनले समेत सधैं बाटो खोलिदिएको छ । परन्तु, नेपालमा आयातमा गुणस्तरसम्वन्धी विषय उठान गरिनुलाई अधर्मको जस्तो व्यवहार गर्ने गरिन्छ । यस्ता विषयलाई कार्यान्वयन गर्नै नसकिने विषयहरू भन्दै यस क्षेत्रमा प्रवेश नगर्नु नै बुद्धिमत्तायुक्त हुने निष्कर्षहरू स्थायी हुन थालेका छन् । यस्तो मानसिकतामा सुधार ल्याउन आयात गुणस्तरका प्रावधान कडाइका साथ लागू गर्नु अत्यन्त जरुरी देखिन्छ । वस्तुको समग्र आयातलाई उपभोग र प्रयोग गरी दुई भागमा वर्गीकृत गर्न सकिन्छ । नेपालमा हुने आयात उपभोग गर्दा स्वास्थ्यवर्धक र प्रयोग गर्दा सुरक्षित हुने खालका हुनुपर्छ । पशुपक्षीहरूले उपभोग गर्ने आयातहरू यस वर्गमा पर्छन् । प्रयोग गर्नेमा पनि मानवलगायत जीवजन्तु, पशुपक्षी, वनस्पति आदिमा गरिने प्रयोगलाई लिने गरिन्छ । उपभोगका दृष्टिकोणबाट हेर्दा कृषिजन्य उत्पादनहरू प्राकृतिक रूपमा उत्पादन गरिएका र गैरप्राकृतिक ढंगबाट उत्पादन गरिएका गरी दुई भागमा वर्गीकृत गर्न सकिन्छ । विश्वभरि नै प्राकृतिक रूपमा उत्पादित जैविक उत्पादनहरू र रासायनिक मल प्रयोग गरिएका, वर्णसंकर बीउ र नश्लवाला उत्पादनहरूलाई कहीँ पनि समान व्यवहार गरिँदैन । यदि उपर्युक्त भिन्न प्रकृतिका आयातमा समान व्यवहार गरिन्छ भने त्यो देशका जनताको स्वास्थ्यमा गम्भीर खेलवाड भएको भन्ने बुझ्नुपर्छ । तसर्थ कृषिजन्य उत्पादनका क्षेत्रमा कृषिजन्य उत्पादनको बीउ, उत्पादन विधि, भण्डारण प्रविधि तथा उत्पादनका रंग र रसायनका सम्मिश्रण, उत्पादन समय र उत्पादनको वेष्ठनजस्ता विषय अतिसंवेदनशील विषयका रूपमा लिने गरिन्छ । यस्ता आयातलाई निरुत्साहन र नियन्त्रण गर्ने गरी देशहरूले गुणस्तरका कडा प्रावधानसहित राष्ट्रिय कानूनको तर्जुमा र उक्त कानून कडाइका साथ लागू गर्ने अधिकारसहित नियमनकारी निकायहरू परिचालन गरिरहेका हुन्छन् । नेपालको सन्दर्भमा भने कानूनमा व्यवस्था भए तापनि आयातमा गुणस्तरका पक्षहरू सम्बोधन हुने गरी नियमन र नियन्त्रणकारी अभ्यास बिरलै हुने गरेको पाइन्छ । यसले गर्दा मुलुकमा बाह्य मुलुकमा उत्पादित गुणस्तरहीन वस्तुहरू भित्रिने र यसले जनताको स्वास्थ्यमा गम्भीर असर पर्न जाने विज्ञहरूको लामो समयदेखिको निचोड रहिआएको छ । आयातमा प्रयोग हुने वस्तुहरूको गुणस्तर जाँचबुझको कार्य त अझ दयनीय अवस्थामा रहेको छ । एचएस वर्गीकरणको भाग २५ देखि भाग ९७ भित्रका अधिकांश वस्तुको गुणस्तर ती वस्तु प्रयोग गर्दा मात्र तिनको वास्तविक अवस्था उजागर हुन जान्छ । जस्तै एचएस वर्गीकरणको भाग ५० देखि भाग ६४ सम्मका वस्तु प्रयोग गर्दा ती वस्तुको उत्पादनमा प्रयोग हुने रंग, धुलाइको प्रविधि तथा रंगहरूको संयोजनले प्रमुख महत्त्व राख्छ । रंग र छालाको संसर्ग हुँदा केकस्तो असर पर्छ भन्ने विषयमा संवेदनशील हुन नसक्दा पहिरन क्षेत्रमा हुने आयात गुणस्तरीय भएको नभएको विषयमा देशभित्र मौनता व्याप्त रहेको छ । त्यस्तै बालबच्चाले प्रयोग गर्ने खेलौना प्रकृतिका वस्तु पर्छन् जसको आयातमा गुणस्तरको सम्बन्धमा चरम लापरबाही भइरहेको छ । बच्चाले खेलौना प्रयोग गर्दा ती खेलौनाहरूसँग बच्चाका कर्मेन्द्रियहरूसँग प्रत्यक्ष संसर्ग हुने गर्छ । त्यसैले खेलौनाको आयात गर्दा खेलौनामा प्रयोग भएको रंग, किल्लाकाँटाको जडानको अवस्था, धातु र लेबल उप्किने नउप्किने अवस्था तथा बच्चालाई घोच्ने नघोच्ने जस्ता विषयलाई ज्यादै गम्भीरताका साथ जाँचबुझ गरेर मात्रै खेलौनाहरू आयात गर्न अनुमति दिने गरिन्छ । त्यसमा पनि उमेरको आधारमा खेलौनाको वर्गीकरण गरी अलग अलग संकेत नम्बर प्रदान गर्ने प्रचलन रहेको छ । संयुक्त राज्य अमेरिकाले यो अभ्यासलाई कडाइका साथ लागू गर्दै आएको छ । यस्तै अन्य गैरकृषिजन्य उत्पादनको आयातमा पनि ती उत्पादनको प्रयोग गर्दाका सुरक्षाका उपायलगायत गुणस्तरसँग सम्बद्ध प्रावधानहरू लागू गरिएका हुन्छन् ताकि ती वस्तु प्रयोग गर्दा उपभोक्तालाई कुनै प्रकारको शारीरिक हानिनोक्सानी नहोस् । यस्तै मानवका विभिन्न अंगसँग प्रत्यक्ष संसर्गमा आउने कापी, कलम, किताब, पेन्सिल, इरेजर, कलम, डट्पेन, तिनका मसी, टिस्युपेपर, सेनिटरी प्याडजस्ता वस्तुको गुणस्तर पनि अतिसंवेदनशील वस्तुका रूपमा लिने गरिन्छ र जनताप्रति उत्तरदायी विश्वका विभिन्न मुलुकले यस्ता वस्तुको गुणस्तरको मापदण्ड बनाई आयात गर्दा ती मापदण्डको अनुपालन भए नभएको कडाइका साथ लागू गर्ने गरिएको छ ताकि गुणस्तरहीन वस्तुको आयातले जनताको स्वास्थ्यमाथि कुनै प्रकारको खेलवाड हुन नसकोस् । यस्तै गैरकृषिजन्य उत्पादनमा लेबलमा उल्लेख भएअनुसार उक्त वस्तुको गुण, चरित्र र कार्यक्षमता भए नभएको जाँच गर्न सक्ने अवस्था छैन । यसले गर्दा यस्ता वस्तुहरूको आयातले समग्र उपभोक्ता र उद्योगतन्त्रमा कस्तो खालको दीर्घकालीन असर गरिरहेको छ भन्ने विषयमा देशभित्र एक प्रकारको उदासीनता व्याप्त रहेको छ । त्यस्तै धेरै खालका रंग र रसायनहरू मानवीय, वानस्पतिक र वातावरणीय दृष्टिले हानिकारक हुन्छन् । यस्तो क्षेत्रमा पनि निश्चित मापदण्ड तोक्ने व्यवस्था हुन पनि त्यत्तिकै जरुरी देखिन्छ । सारमा भन्नुपर्दा भन्सार कार्यालयबाट प्रकाशित हुने भन्सार महशुल दरबन्दीमा एक स्तम्भ थपी हरेक वस्तु आयात गर्दा पालन गर्नुपर्ने गुणस्तर प्रावधानहरूको जानकारीको व्यवस्था हुन जरुरी छ । उपर्युक्त प्रावधान लागू गर्न आयात मापदण्डको व्यवस्था हुन जरुरी छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

नेपाली राजनीतिबाट प्रदीप गिरीको महाप्रस्थान

काठमाडौँ : नेपाली समाजका लागि प्रदीप गिरी एक दियो थिए । जो अनवरत बलिरहन्थे । बलिरहे पनि । नेपाली समाजबारे एउटा राजनीतिज्ञ भएर खुला किताबजसरी उनले बहस गरे । यसका लागि उनले आफैँलाई खुला किताब बनाए । अचेलका राजनीतिज्ञबाट यो सम्भव थिएन । कसैले आवश्यकता उनीहरुबाट खोजेन पनि । राजनीतिमा हुनुपर्ने निष्ठा, इमान्दारिता, सपना, संघर्ष […]

शिक्षामन्त्रीले बालेनलाई भने 'अब शैक्षिक गुणस्तरमा ध्यान दिनुहोस्'

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्नु आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा मेयर शाहलाई शिक्षण संस्था सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’ सञ्चालन गर्न आग्रह गरेका हुन् । पौडेलले काठमाडौं महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गरे ।  ‘शिक्षकको कार्यसम्पादनलाई नियमित अनुगमन गरी विद्याथीले बुझेका छन् या छैनन् पढ्ने वातावरण छ कि छैन् ? भनेर नियमित महानगरपालिकाले अनुगमन गर्नुप¥यो’ शिक्षामन्त्री पौडेलले बालेन्द्र शाहलाई भने। काठमाडौं महानगरपालिकाभित्रको दरबार हाइस्कुलसहितका विद्यालयलाई नमुना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रअ राख्दा महानगरपालिकाले ध्यान दिनुपर्नेमा पौडेलले जोड दिए । ‘भौतिक पूर्वाधारसँगै नमुना विद्यालय र शिक्षण सिकाईका लागि महानगरपालिकाले योजना बनाएर अघि बढ्नुप¥यो,’ मन्त्री पौडेलले भने , ‘ महानगरपालिकालाई पर्ने अप्ठ्यारोमा मन्त्रालयले साथ दिन्छ ।’ शिक्षकले विद्यालयमा विद्यार्थीलाई पढाएर मात्र नहुने भन्दै होम भिजिट गर्नेपर्ने पौडेलको भनाइ छ । भेटमा बालेन्द्र शाहले महानगरपालिकाभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता रहेको बताए  । ‘हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौं,’ बालेन्द्र शाहले भने , ‘सबै विद्यालयमा स्मार्ट बोर्ड  लकर सिस्टमा व्यवस्थाका लागि मन्त्रालयले ५० करोड रकमको व्यवस्था गर्नुप¥यो ।’बालेन्द्र शाहले विद्यार्थीले बोक्ने किताबहरु धेरै र गह्रो भएको भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्था गर्नुपर्ने बताए ।

लमजुङका सामुदायिक र निजी विद्यालयमा पाठ्यपुस्तक अभाव

लमजुङ – जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भए पनि हालसम्म विद्यार्थीले पाठ्यपुस्तक अभाव भएको छ। लमजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भएको हो। पाठ्यपुस्तकको अभाव हुँदा पठनपाठनमा समस्या भएको विद्यालयहरूको गुनासो छ। बेँसीसहर नगरपालिका-११ चितीमा रहेको जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक श्रेष्ठका अनुसार आवश्यकता अनुसार विद्यार्थीले किताब पाएका छैनन्। पुस्तक पसलहरूमा किताब उपलब्ध नहुँदा […]

२१ वर्ष कान्छी मान्यतालाई रोजे सञ्जय दत्तले, यसरी सुरु भयो कहानी

धेरै केटीहरू सञ्जय दत्तको जीवनमा आए। मान्यतासँग विवाह गर्नु अघि सञ्जयले दुई पटक विवाह गरेका थिए। जे भए पनि उसको जीवनमा कति केटीहरू आए र गए त्यसको हिसाब किताब छैन । तर सञ्जयलाई सबैभन्दा बढी आवश्यकता परेको समयमा मान्यताले उनलाई साथ दिइन्। जब सञ्जय आफ्नो जीवनमा एक्लै थिए मान्यता सधैँ उनीसँगै थिए। यी दुईको प्रेम कहानी एक फिल्म को कारण सुरु भयो।

किताब नपढी पाइन्छ विश्वविद्यालयको ज्ञान र चेतना

निकै संघर्ष र दौडधूप किन गर्नुपर्छ मानिसलाई? किनकी सुखपूर्वक र सम्पन्नतासाथ बाँच्न आफूलाई धेरै कुरा चाहिने ठान्छ मानिस। आधारभूत आवश्यकता पूरा गर्न यो पुरुषार्थ जरूरी पनि छ। तर, बेलामौकामा एउटा सोच आउँछ : किन यति धेरै संघर्ष गरेको? एउटा मात्र कारण छ-आफूलाई के र कति चाहिन्छ भन्ने मानिसले नबुझ्नु। आवश्…

दुई तिहाइको निरीह सरकार

करिब साडे ३ बर्षअघि मैले बाटो बिराएको देश नामको किताब प्रकाशित गरेको थिएंँ । अहिले आएर कतै देशले साच्चै नै बाटो बिराएको भान हुंँदैछ । जनताका आधारभूत आवश्यकता ज्यूँ का त्यूँ ...

गणितीय उपकरणलाई चुनौती दिने युवा

जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका —४ तिकुवाका मोहनविर धामीले गणितीय क्षेत्रमा नयाँ प्रविधि अपनाएका छन्। गणितीय हिसाब किताब गर्दा र तिथिमिति हेर्नु पर्दा उनलाई कुनै पनि उपकरणको आवश्यकता पर्दैन्। हिसाब गर्ने क्यालकुलेटरलाई उनले चुनौती दिएका हुन्।

नोट मेला

तिमीहरूले नोट त देखेकै छौ । किताब कलम, मिठाई र राम्रो लुगा किन्न मात्र होइन स्कुलको फी तिर्न, सिनेमा हेर्न वा अरूबाट जुनसुकै काममा सहयोग लिन पैसा नभई हुन्न । पैसा नभए हाम्रा धेरै आवश्यकता पूरा गर्न अप्ठेरो हुन्छ । त्यसकारण हाम्रो जीवनमा पैसाको ठूलो महत्त्व छ ।