चौतर्फी विरोधपछि घट्यो सुर्खेत–काठमाडौं हवाई भाडादर

पुस २५, सुर्खेत । सुर्खेतमा नागरिकको चौतर्फी विरोधपछि आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको छ ।  गुण एयरलाइन्स र बुद्ध एयरलाइन्स प्रतिस्पर्धामा आउँदा आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको हो । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले नियमित उडान शुरु गरेपछि सुर्खेत–काठमाडौं उडानमा बुद्ध एयरको एकाधिकार तोडिँएसँगै भाडादर सस्तो भएको हो ।  बुद्ध एयरले गुण एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न यात्रु भाडादर घटाएको छ । गुण एयरलाइन्सले शनिवारको भाडादर ६ हजार ३०० रुपैयाँ कायम गरेको छ । साथै क्यास ब्याक ४० रुपैयाँको व्यवस्था गरेको छ ।  त्यस्तै, १५० रुपैयाँ रिवार्ड दिएको छ । बुद्ध एयरलाइन्सले पनि शनिवारको भाडादर ६ हजार ३०० रुपैयाँ कायम गरेको छ । बुद्धले ४० रुपैयाँ क्यास ब्याकको व्यवस्था गरेको छ भने रिवार्ड १५० रुपैयाँ नै दिएको छ ।  भाडादर केही सुलभ भएपछि नागरिकले अझै घट्नु पर्ने भन्दै दबाब दिइरहेका छन् । तर, अफसिजनमा विदेशी पर्यटकको आगमन कम हुनुका साथै कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारणले भाडा घटाउनु परेको एयरलाइन्स कम्पनीहरुको भनाइ छ ।  यसअघि यात्रुबाट बुद्ध एयरले सुर्खेत–काठमाडौं हवाई भाडा ८ हजार २५० देखि ११ हजार रुपैयाँसम्म एकलौटी असुल्दै आइरहेको थियो । 

सम्बन्धित सामग्री

हवाई भाडा नौ सयसम्म घट्यो

हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानतर्फ हवाई भाडादर नौ सय रुपैयाँसम्म घटेको छ । नेपाल आयल निगम (एनओसी)ले आइतबार रातिदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ...

इन्धनको मूल्यसँगै घट्यो हवाई भाडादर

काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएसँगै हवाई भाडा समेत घटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा आइतबार निगमले इन्धनको मूल्य घटाएको थियो । गत बिहीबार प्रधानमन्त्री दाहालले उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम जनतालाई राहत हुने गरी मूल्य समायोजन गर्न निर्देशन दिनु भएको थियो […]

उडान संख्या बढेसँगै आन्तरिक हवाई भाडादर घट्यो : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएसँगै बढाइएको उडान संख्याका कारण आन्तरिकतर्फको हवाई भाडादर घट्न थालेको छ । - हवाई भाडा

उडान संख्या बढेसँगै आन्तरिक हवाई भाडादर घट्यो : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएसँगै बढाइएको उडान संख्याका कारण आन्तरिकतर्फको हवाई भाडादर घट्न थालेको छ । - हवाई भाडा