दक्षिण एसियाली देशहरुको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज शुक्रबार नेपाल आइपुग्ने भएका छन् । तीन दिने औपचारिक भ्रमणका लागि उनी शुक्रबार बेलुकी काठमाडौं उत्रनेछन् ।काठमाडौंस्थित चिनियाँ दूतावासका कर्मचारीसँग छलफल गरेपछि वाङले शनिबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग द्विपक्षीय वार्ता गर्ने तय भएको छ। वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने […]