परिसंघले दियो दुई करोडको स्वास्थ्य सामग्री

नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । परिसंघले आफ्नो सदस्य संस्था होङ्सी सिमेन्टमार्फत मंगलबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकले दियो उदयपुरको देउरी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त सामग्रीहरू स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् । शनिबार आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पनि उपस्थिति […]

भरतपुर महानगरले दियो भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री

भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई झन्डै ५० लाख बराबरको कोभिड १९ सम्बन्धित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालबाट अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी, मेसु डा कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण भएको हो ।स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले कोभिड १९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाबारे चर्चा गरिन् । कार्यक्रममा प्रमुख दाहालले काठमाडौँलगायत विभिन्न जिल्लाबाट हेलिकोप्टरबाट कोभिडका बिरामीलाई भरत

इप्पानले ताप्लेजुङलाई दियो विभिन्न स्वास्थ्य सामग्री

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ताप्लेजुङलाई एक दर्जन अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ।...

नेपाली सेनालाई भारतले दियो एम्बुलेन्स र भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री

काठमाडौं : भारतले नेपाली सेनालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। भारतीय सेनाले सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री शुक्रवार सैनिक मुख्यालय जंगी अड्डामा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरे। भारतीय दूतावासका अनुसार राजदूत क्वात्राले एम्बुलेन्स र भेन्टिलेटर लगायतका मेडिकल उपकरणहरु हस्तान्तरण गरेका हुन्। दूतावासले…

एमालेलाई दियो चीनले स्वास्थ्य सामग्री

नेकपा एमालेलाई चिनियाँ कम्युनिस्ट पार्टीले स्वास्थ्य सामग्री सहयोग गरेको छ । सो सामग्री मंगलबार एमाले महासचिव ईश्वर पोखरेलले आज केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । चीनले सहयोग गरेको स्वास्थ्य सामग्रीमा हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क १ लाख थान रहेको छ । सो सामग्री कोभिड–१९ का विरुद्धको लडाइ“मा थोरै भए पनि मद्दत प

हुवासिन सिमेन्ट उद्योगले वाग्मती सरकारलाई दियो स्वास्थ्य सामग्री

काठमाडौँ । हुवासिन सिमेन्ट उद्योगले वाग्मती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गरिरहेको चिनियाँ कम्पनी हुवासिनले आज वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सेप्टर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो । सो कम्पनीले आज विज्ञप्ति प्रकाशन गरी महामारीका समयमा स्वास्थ्य […]

निम्बस समूहले नेपाल प्रहरीलाई दियो १ लाख मास्कसहित अन्य स्वास्थ्य सामग्री

वीरगंज : वीरगंजको व्यापारिक प्रतिष्ठान निम्बस समूहले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। प्रहरी प्रधान कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निम्बसले अग्रणी भूमिकामा रहेका सेवा गर्ने नेपाल प्रहरीको सुरक्षाको लागि स्वास्थ्य सामग्री प्रदान गरेको हो। निम्बस समूहका प्रबन्ध निर्देशक आनन्दकुमार बगारियाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त स्वास्थ्य…

स्पेन सरकारले दियो नेपाललाई ५ टन स्वास्थ्य सामग्री

स्पेन सरकारले नेपाललाई ५ टन स्वास्थ्य सामग्री दिएको छ । बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई स्पेनको तर्फबाट टिम प्रमुख म्याग्दे सोलेमनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।  स्पेनले १५ थान रेस्पिरेटर, १० थान अक्सिजन कन्सर्नट्रेटर, १ लाख ४४ हजार थान मास्क र १ लाख २५ हजार एन्टिजेन टेस्ट किट हस्तान्तरण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो सामग्री १ मिलियन युरो बराबरको रहेको बताइएको छ ।

स्पेनले दियो १४ करोडको स्वास्थ्य सामग्री, काठमाडौं उड्यो आइबेरिया एयरको विमान

बार्सिलोना । स्पेनले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री सहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको छ। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेकी […]

कम्बोडियाले दियो नेपालाई स्वास्थ्य सामग्री, यी हुन् हस्तान्तरण गरिएका सामग्री

कम्बोडिया सरकारले नेपाल सरकारलाई कोभिड–१९ व्यवस्थापनका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा कम्बोडियाका स्थायी सचिव आउच बोरिथको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई ती सहयोग सामग्री हस्तान्तरण गरेको हो ।दुई वटा विमानमा चार्टर्ड गरी नेपाल ल्याइएका विभिन्न १२ किसिमका स्वास्थ्य सामग्री कम्बोडियाले हस्तान्तरण गरेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । हस्तान्