राष्ट्रियसभा उपनिर्वाचन आज, आजै नतिजा आउने

काठमाडौं, जेठ ६ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ। उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख […]

सम्बन्धित सामग्री

मतदान अपडेट : साढे १२ बजेसम्म  २९२ मत खस्यो

दाङ :  लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान जारी छ। सोमबार १२ :३० बजेसम्म प्रदेश र स्थानीय तहतर्फ गरी जम्मा २९२ मत खसेको छ। स्थानीय तहतर्फ १८८र प्रदेशसभातर्फ ८० तथा कोभिड़ केन्द्रमा प्रदेशको ३ र  स्थानीय तहको २१ जना गरी जम्मा २९२ मत खसेको बताइएको छ। जम्मा मतदाता ३०० जना छन्।दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ। दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।राष्ट्रियसभा उपनिर्वाचन :

आज राष्ट्रियसभा उपनिर्वाचन, नतिजा भर्चुअल माध्यमबाट

हेटाैडा। माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा एमाले प्रवेश गरेपछि रिक्त राष्ट्रियसभा सदस्यमा आज उपनिर्वाचनको मतदान हुँदैछ। उपनिर्वाचनमा थापासँगै खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ मैदानमा छन्। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान र आजै भर्चुअल माध्यमबाट परिणाम घोषणा हुनेछ। बागमती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन्।