मतदान अपडेट : साढे १२ बजेसम्म  २९२ मत खस्यो

दाङ :  लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान जारी छ। सोमबार १२ :३० बजेसम्म प्रदेश र स्थानीय तहतर्फ गरी जम्मा २९२ मत खसेको छ। स्थानीय तहतर्फ १८८र प्रदेशसभातर्फ ८० तथा कोभिड़ केन्द्रमा प्रदेशको ३ र  स्थानीय तहको २१ जना गरी जम्मा २९२ मत खसेको बताइएको छ। जम्मा मतदाता ३०० जना छन्।दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ। दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।राष्ट्रियसभा उपनिर्वाचन :