घरजग्गामा कडाइ : सिमेन्ट, डण्डीसहित दर्जनौं उद्योग डुब्दै ! ‘मजदूरको रोजीरोटी पनि संकटमा'

फागुन ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै घरजग्गामा गरिने लगानी माथी थप कडाइ गरेको छ । प्लटिङका लागि ऋण लगानी गर्न निरुत्साहित गरेको राष्ट्र बैंकले हाउजिङ डेभलपरहरुले गर्ने प्लटिङलाई पनि एउटै कोटरीमा राखेको छ ।यसरी हाउजिङ डेभलपरलाई निरुत्साहित गर्दा योसँग जोडिएका धेरै व्यवसाय पनि धरासयी हुन सक्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । नेपाल आवास तथा जग्गा विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले प्लटिङलाई कडाइ गर्ने नाममा सरकारले यो सँग जोडिएका दर्जनौ उद्ययोग धरासयी बनाउँन खोजेको आरोप लगाएका छन् । ‘घरजग्गा अनुत्पादक क्षेत्र हो भने घर बनाउँदा चाहिने सिमेन्ट, डण्डी, ईट्टा, गिट्टी/बालुवा, हार्डवेयर, बिजुली, पेन्टस्, फर्निचर, आल्मुनियम लगायतका दर्जनौ उत्पादनहरु अनुत्पादक हुन् ?’ वाग्लेले प्रश्न गर्दै भने, ‘घरजग्गामा कडाइ गर्दा यी उद्योग पनि बाँच्न नसक्ने र यसले अर्थतन्त्रमा अर्को ठूलो समस्या ल्याउँछ ।’ मजदूरदेखि उद्योगीसम्म प्रभावित नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका घरजग्गामा कडाइ गर्दा मजदूरदेखि उद्योगी सम्म सबै प्रभावित हुने बताउँछन् । घरजग्गासँग दर्जनौ उद्योग जोडिने भन्दै निर्माणको काम ठप्प हुँदा सिमेन्ट, डण्डी, ईट्टा लगायतका उद्योग शुरुमै ठोक्किने उनले बताए । 'निर्माणको काम रोकिदा मजदूरको रोजीरोटीमा पनि समस्या आउँछ, उद्योगीको उत्पादन विक्री नहुँदा व्यवसायी पनि प्रभावित हुन्छन् ।' उनले भने । पछिल्लो एक दशक नेपालको अर्थतन्त्र नै घरजग्गा र रेमिट्यान्सबाट चलेको छ । यो क्षेत्रमा कडाइ गर्ने हो भने सरकारले अन्यत्र लगानीको वातावरण बनाइदिनु पर्ने उनको भनाई छ । अहिले पर्यटन उद्योगका लागि भनेर लिएको कर्जा पनि घरजग्गामै प्रयोग भइरहेको छ । ऊर्जाका लागि लिएको कर्जा पनि घरजग्गामै प्रयोग भइरहेको छ । नीति निर्माण गर्नेहरुले हामीलाई घरजग्गा होइन यो क्षेत्रमा लगानी गर तिम्रो लगानी सुरक्षित हुन्छ भनेर देखाइ दिए घरजग्गा व्यवसायीहरु पनि यो क्षेत्रमा टाँसि नरहने वाग्लेको भनाई छ । रेमिट्यान्स घट्नुका साथै घरजग्गाको कारोबार पनि घटिरहेकोले अहिले अर्थतन्त्रमा चाप परेको उनको भनाई छ । यस्तो अवस्थामा घरजग्गाको कारोबार बढाउने गरी कर विभिन्न नीतिहरु आउनु पर्नेमा उल्टै कडाइ गर्दा, कारोबार झन खुम्चिने र यसले अर्थतन्त्र पुरानै अवस्थामा आउन झन कठिन हुने पनि वाग्लेले बताए । भद्रगोल घरजग्गा क्षेत्रलाई नियमनको खाँचो छ, नियन्त्रण होइन घरजग्गा व्यवसायी विनोद सुवेदी पनि सरकारले यो क्षेत्रमा भएका व्यथिति रोक्नुको साटो कारोबार रोक्ने गरी नीति सार्वजनिक गरेको बताउँछन् । यसले घरजग्गाको कारोबार झन घट्ने तर मूल्य वृद्धि नियन्त्रणमा कुनै भूमिका नखेल्ने उनको बुझाइ छ । कोभिड महामारीको बेला कुनै पेशा व्यवसाय शुरु गर्न सकिन्न भन्ने जान्दा जान्दै बैंकहरुले घरघरमा गएर कर्जा दिएको परिणाम अहिले भोग्नु परेको एक व्यवसायीले बताए । अहिले घरजग्गा क्षेत्रमा संकट आउनुमा जथाभावी ऋण दिने बैंकहरु सबैभन्दा दोषी भएको उनको भनाई छ । ‘अव्यवस्थित तरिकाले गरिने प्लटिङलाई मात्रै कडाइ गरेको खण्डमा उनीहरु प्लानिङ परमिट लिन आउन सक्छन् । यसले सरकारलाई फाइदा गर्न सक्छ ।’ उनले भने, ‘तर प्लटिङ गर्ने, हाउजिङ बनाउने, अपार्टमेन्ट बनाउने सबैलाई एउटै नजरले हेरेको हो भने यसले झन ठूलो बबल ल्याउँछ ।’ सबैलाई सचेत गारइएको होः राष्ट्र बैक राष्ट्र बैंक स्रोतका अनुसार अहिले बैंकले घरजग्गा क्षेत्रका सबै व्यवसायीलाई एउटै निर्देशन दिएको छ । भविष्यमा यो क्षेत्रमा कडाइ हुँदै छ थप लगानी गर्दा जोखिम हेरेर मात्रै काम गर्नु है भन्ने सन्देश दिन खोजेको छ । भोलि निर्देशिका जारी गर्दा बैंकले क्षेत्र तोकेर कर्जा रोक्नुका साथै धितो मूल्याङ्कनको प्रतिशत पनि घटाइ दिन सक्ने स्रोतको भनाई छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठ भने अहिले राष्ट्र बैंकले एकल रुपमा गरिने जग्गा प्लटिङलाई मात्रै निरुत्साहित गर्न खोजेको बताउँछन् । संस्थागत रुपमा हाउजिङ विकास गर्ने र पहिलो पटक घर किन्नेहरूलाई निरुत्साहित गर्नुहुँदैन भन्नेमा छलफल भइरहेका छन् । निर्देशिका जारी गर्दा नियमन समितिमा पनि यो विषयमा थप छलफल हुने उनले बताए । 'तर व्यक्तिगत रुपमा प्लटिङ गर्नका लागि दिइने कर्जामा भने कडाइनै गरिएको हो । उनीहरुले अव कर्जा नपाउन सक्छन् ।' उनले भने । घरजग्गामा कर्जा प्रवाह गर्दा अहिले पनि ४० प्रतिशत मात्रै मूल्याङ्कन भइरहेको ले यसलाई थप घटाउन नहुने अध्यक्ष वाग्लेले बताए । ‘उद्योग धन्दालाई ८० प्रतिशत सम्म मितो मूल्याङ्कन गर्ने बैंकले घरजग्गाको हकमा ४० प्रतिशत मात्रै मूल्याङ्कन गरिरहेका छन् ।’ वाग्लेले प्रश्न गर्दै भने, ‘अव के यसलाई १० प्रतिशतमा झार्ने हो ? कि शून्य प्रतिशतमा झार्ने हो ?’ यो क्षेत्रमा पनि विभिन्न किसिमका व्यक्तिहरू भएकोले गलत गर्नेलाई कारबाही गर्नुपर्नेमा राम्रो काम गर्ने इमान्दार व्यवसायीलाई पनि हतोत्साहित गर्नु निकै दुःखद भएको वाग्लेको भनाई छ ।

सम्बन्धित सामग्री

कैलालीमा धमाधम उद्योग बन्द

धनगढी– पछिल्लो समयमा उद्योगहरू खुल्ने क्रम घटेसँगै आर्थिक मन्दीको कारण देखाई धमाधम उद्योग बन्द हुन थालेका छन् । कैलाली जिल्लामा सञ्चालित साना तथा मझौला उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । साना तथा घरेलु उद्योग कार्यालयका अनुसार विगत तीन वर्षमा ५४७ वटा उद्योग बन्द भएको छ । सो कार्यालयले कोभिड–१९ को महामारीपछि आर्थिक मन्दी […]

२९८ घरेलु उद्योग बन्द

एक वर्षको अवधिमा २९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७९/८० मा ती उद्योगहरु बन्द भएका हुन् । वाणिज्यतर्फ ३२३ वटा बन्द भएको साना उद्योग कार्यालय दाङका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए । बन्द हुनेमा उद्योग भन्दा वाणिज्य फर्म बढी रहेको उनको भनाइ छ […]

मनाङमा ४९ नयाँ उद्योग थपिए

हिमाली जिल्ला मनाङमा नयाँ उद्योग थपिने क्रममा छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ४९ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योग कृषि तथा वन पैदावरमा आधारित छन् ।  एक वर्षका अवधिमा जिल्लामा ३१ कृषि तथा वन पैदावरमा आधारित नयाँ उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले जानकारी दिए ।उनका अनुसार जिल्लामा १७ पर्यटन उद्योग र सेवा मुलक उद्योग एउटा थपिएको छ ।  हाल मनाङवासी निजी उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको उनले बताए । सो अवधिमा जिल्लामा ३६ जिल

हुलास स्टिल, उद्योग परिसंघ र उद्योग प्रवद्र्धन केन्द्रबीच सम्झौता

नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ ।लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीलाई रोजगारीमूलक तालिम दिने प्रतिवद्धतासहित त्रिपक्षिय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा उद्योग प्रवद्र्धन केन्द्रका उप–सचिव ऋषिराम पंगेनी, नेपाल उद्योग परिसंघको तर्फबाट महानिर्देशक दिपकराज […]

बन्द रहेका तीन उद्योग सञ्चालन गरिने

लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरेर उद्योग सञ्चालन गर्ने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले जानकारी दिए ।हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र निवर्तमान अर्थमन्त

लमजुङमा १९ उद्योग खारेज

लमजुङ, २७ माघ: लमजुङमा घरेलु तथा साना उद्योग कार्यालय लमजुङले १९ घरेलु उद्योग खारेज गरेको छ । यहाँ दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीरकण नगर्ने उद्योग खोरज भएका हुन् । आर्थिक वर्ष २०७८-७९ का छ महिनाका अवधिमा १९ उद्योग खारेज भएको कार्यालय प्रमुख मिता थापाले जानकारी दिए । उनका अनुसार यस अवधिमा […]

घरेलु उद्योग दर्ता

घरेलु तथा साना उद्योग कार्यालयमा ५२१  घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस महिना अर्थात् छ महिनाको अवधिमा सो सङ्ख्यामा उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए। उनका अनुसार त्यस अवधिमा १८८ घरेलु उद्योगले  नवीकरण  गराएकामा वाणिज्यतर्फ ३१३ नयाँ दर्ता २८८ को नवीकरण भएको थियो । गत आवमा ९७० उद्योग दर्ता र ३६९ उद्योग नवीकरण गरिएकामा वाणिज्यतर्फ ६४० नयाँ दर्ता र ५५८को नवीकरण भएको थियो । आव २०७६/७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएकामा  २३७ उद्योग  न...

मनाइयो सातौं उद्योग दिवस

सरकारले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबिनै उद्योग दिवस सम्पन्न गरेको छ । वि.सं.२०७२ सालदेखि हरेक वर्षको मंसिर ९ गते सरकारले उद्योग दिवस मनाउँदै आएको छ । तर, उद्योग मन्त्रालय शेरबहादुर देउवा नेतृत्वको प्राथमिकतामा नपर्दा यस वर्षको उद्योग दिवस मन्त्री बिनै सम्पन्न भएको हो ।आज राजधानीको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल, अर्थसचिव मधुकुमार मरासैनी, वाणिज्य सचिव दिनेश भट्टराई, उद्योग सचिव अर्जुन पोखरेल लगायतको सहभागिता थियो ।यसबाहेक,उक्त कार्यक्रममा नेपाल

सरकारले तोकेको ठाउँमै उद्योग खोल्नुपर्छ : उद्योग सचिव पोखरेल

काठमाडौं, मंसिर ९ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताउनु भएको छ । उद्योग वाणिज्य महासंघले काठमाडौंमा गरेको अन्तरक्रियामा उद्योग सचिव पोखरेलले उद्योगीहरुले जग्गा खरिद गरेर उद्योग स्थापना गर्न असम्भव भएकाले सरकारले तोकेको स्थानमा उद्योग खोल्नु पर्ने बताउनुभयो । उहाँले उद्योग स्थापनाका लागि जग्गा […]

बजार नपाउँदा हातेकागज उद्योग बन्द

बझाङ जिल्लामा सञ्चालित हातेकागज उद्योगहरु बन्द भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिकाको कैलासमा रहेको मालिका हातेकागज उद्योग, बुङगल नगरपालिकाको गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको प्रगतिशिल खप्तड हातेकागज उद्योग र गडरायमा रहेको गोर्खाली हाते कागज उद्योग, मष्टा गाउँपालिकामा रहेको हिमालयन हाते कागज उद्योग, तल्कोट गाउँपालिकाको दाँतोलामा रहेको बडीगाउँ हातेकागज उद्योग हाल बन्द […]