ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

२ फागुन, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको छ । अमेरिकी संसद भवन -क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो । महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको छ । […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश नियुक्तिमा राजनीतिक दाउपेच, के कारणले हुन सकेन नियुक्ति ?

कांग्रेस र माओवादीले प्रधानन्यायाधीमाथि महाअभियोग लगाउने र पार नलगाउने विषयप्रति एमाले रुष्ट देखिन्छ ।

दक्षिण अफ्रिकाका राष्ट्रपतिमाथि ‘महाअभियोग’ लगाउने तयारी

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाथि महाअभियोग लगाउने तयारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ‘फार्मगेट’ स्क्याण्डललाई लिएर उनीमाथि महाअभियोगको तयारी भएको हो। आफ्नो फार्मबाट सन् २०२० मा भएको भएको ४० लाख अमेरिकी डलर बराबरको चोरीको घटना ढाकछोप गरेको तथा त्यसका लागि लुटेराहरूलाई चुप बस्न धम्की दिएको आरोप छ। स्वतन्त्र जुरीले गरेको अनुसन्धान प्रतिवेदन चुहावट भएपछि राष्ट्रपति […]

जबरालाई महाअभियोग लगाउने विषयमा सत्ता पक्ष र एमालेका सांसदबीच विवाद

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने विषयमा सत्ता गठबन्धनका सांसद र प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुबीच विवाद भएको छ। महाअभियोग सिफारिस समितिको बैठकमा एमालेका सांसदले जबरामाथि महाअभियोग लगाउन प्रमाण नपुग्ने बताएका छन् भने सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग लगाउन प्रमाण पर्याप्त रहेको जिकिर गरेका छन्। अहिलेसम्म प्राप्त प्रमाणहरुलाई हेर्दा जबरामाथि महाअभियोग लगाउन नसकिने […]

चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउने एमाले रणनीति कायमै

काठमाडौँ – सोमबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउने तयारीबाट पछि हटेजस्तो देखिए पनि त्यो रणनीति मात्रै देखिएको छ। आइतबार सत्ता पक्षले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग दर्ता गरेपछि असार २८ गतेका फैसला गर्ने संवैधानिक इजलासका बाँकी चार न्यायाधीशविरुद्ध ‘काउण्टर प्रस्ताव’ ल्याउने योजनाबाट एमालेले पछि हटिसकेको छैन। सोमबार संसद […]

एमाले संसदीय दलको बैठक बस्दै, सभामुख सोपकोटाविरुद्व महाअभियोग लगाउने तयारी

काठमाडौं, फागुन २ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्ने भएको छ । अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगबारे छलफल हुने जनाइएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (कीकृत समाजवादी) का सांसदहरूले प्रधानन्यायाधीशविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा […]

सभामुखलाई महाअभियोग लगाउने परिस्थिति सिर्जना हुन सक्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउने परिस्थिति समेत सिर्जना हुन सक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद्समेत रहेका बस्नेतले यस्तो बताउनुभएको हो। उहाँले नेकपा एमालेमा १०० जना सांसद महाअभियोग लगाउने कुरामा तयार रहेको भन्दै पार्टीले संख्या पुर्याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने दावी […]

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने तर्खर भइरहेको छ : बिडारी

काठमाडौं, मंसिर १७ । सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्व महाअभियोग लगाउने तयारी भइरहेको दाबी गरेका छन् । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र)का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा महाअभियोग लगाउने तर्खर भइरहेको दाबी गर्नुभयो । कांग्रेसका राष्ट्रियसभा सांसद अधिकारीले प्रधानन्यायाधीशको बहिर्गमनका लागि महाअभियोग नै संविधानसम्मत भएको बताउनुभयो । काठमाडौंमा […]

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने विषय पार्टीमा लैजान्छु : सुवास नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने प्रस्तावलाई पार्टीको बैठकमा राख्ने आश्वासन दिएका छन् । जबरालाई महाअभियोग लगाएर हटाउनुपर्ने मागसहित सोमबार नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र बुझ्दै नेम्वाङले बारको प्रस्तावलाई पार्टी अध्यक्ष र स्थायी कमिटी बैठकमा लैजाने आश्वासन दिएका हुन् । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोेजेको लगायतका आरोप लगाएर बार निरन्तर तीन साताभन्दा लामो समयदेखि आन्दोलित छ । तर, जबराले राजीनामा दि

प्रधानन्यायाधीशमाथि महाअभियोग ? गठबन्धनमै विभाजित मानसिकता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने विषयमा दलहरू विभाजित बनेका छन् ।