विदेशी पर्यटक भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारसँग माग

काठमाडौँ – पर्यटन व्यवसायीले विदेशी पर्यटक तत्काल नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारसँग माग गरेका छन्। नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, पर्वतारोही सानु शेर्पा, ट्रेकिङ गाइड फुडोमा शेर्पालगायत पर्यटन व्यवसायीले विदेशी पर्यटकलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा उनीहरूले पर्यटकलाई नेपाल आउने वातावरण बनाउन […]

सम्बन्धित सामग्री

तत्काल विदेशी पर्यटक नेपाल भित्र्याउने निर्णय लिन सरकारसँग व्यवसायीको माग

पर्यटन व्यवसायीहरुले तत्काल विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी निर्णय लिन सरकारसँग माग गरेका छन् ।नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामा, पर्वतारोही सानु शेर्पा, ट्रेकिङ गाईड फुडोमा शेर्पालगायतका पर्यटन व्यवसायीले विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विदेशीलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग

जेठ ५, काठमाडौं । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।  नाट्टाका कार्यवाहक अध्यक्ष विनय बस्नेतले मंगलवार विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमणले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द हुँदा विदेशी पर्यटक अलपत्र परेको भन्दै स्वदेश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।  ‘नेपाल आएका विदेशी पर्यटक आफ्नो भ्रमण सम्पन्न गरी आफ्नो गन्तव्यमा जानलाई रोकिएको अवस्थामा त्यस्ता पर्यटकको विवरण संकलन गरी यसै आधारमा आवश्यक गन्तव्यको पहिचान गरी कम्तीमा प्रत्येक साता दुई/तीनओटा नियमित उडान गर्नुपर्छ’, नाट्टाका कावा अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  नाट्टाले मे २५ देखि नियमित उडानका लागि अनुमति प्रदान गर्न, नियमित उडानबाट आवतजावत गर्ने विदेशी तथा नेपाली नागरिकलाई कोरोना संक्रमणलाई दृष्टिगत गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड लागू गराउन आग्रहसमेत गरेको छ ।  चार्टर उडानमा अत्यधिक हवाई भाडा महँगो भएको भन्दै नाट्टाले अन्तरराष्ट्रिय गन्तव्यका लागि चार्टर उडान अनुमति प्रदान नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । रासस

पर्यटनका सबै गतिविधि सञ्चालन गर्न व्यवसायीको माग

पर्यटन व्यवसायीहरुले सबै किसिमका पर्यटन गतिविधिलाई निर्बाध रुपमा सूचारु गर्न दिन सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीहरुका सबै छाता संगठनहरुले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेर सेफ्टि पोर्टेकलको आधारमा सेवा दिनेगरी सम्पूर्ण पर्यटन गतिविधि गर्न दिन माग गरेका हुन् ।देशमा सभा, विरोध, जुलुसलगायतका कार्यक्रमहरु दैनिक रुपमा भइरहँदा कोरोना संक्रमणको जोखिम नहुने तर, विदेशी पर्यटक […]