पर्यटन व्यवसायीहरुले तत्काल विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी निर्णय लिन सरकारसँग माग गरेका छन् ।नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामा, पर्वतारोही सानु शेर्पा, ट्रेकिङ गाईड फुडोमा शेर्पालगायतका पर्यटन व्यवसायीले विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।