बर्दिबासमा जग्गा वर्गीकरणपछि कित्ताकाट गर्ने निर्णय

महोत्तरी- महोत्तरीको बर्दिबासमा जग्गा कित्ताकाट  प्रक्रियालाई अगाडि बढाइने निर्णय गरिएको छ । लामो समय देखी जग्गा वर्गीकरण कै अभावमा कित्ताकाट रोकिएको बेला बर्दिबास नगरपालिकाले विभिन्न १० शीर्षकमा रहेर जग्गा वर्गीकरणको मापदण्ड समेत सार्वजनिक गरेको हो । व्यावसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, कला संस्कृति तथा पुरातात्त्विक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज […]

सम्बन्धित सामग्री

'जग्गाको कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुने अवस्था छैन'

काठमाडौं : नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले जग्गा कित्ताकाट खोल्दैमा तत्कालै अर्थतन्त्र चलायमान हुने अवस्था नरहेको बताएका छन्। अध्यक्ष लोहनीले घर जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै घर जग्गा कारोबारमा भने सहजता आउने बताएका हुन्।उनले जग्गा कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुन्छ भन्नु ओभर कन्फिडेन्स हुने उल्लेख गरे। उनले मुलुकको वर्तमान अर्थतन्त्र चलायमान जग्गाको कित्ताकाट खोलेर मात्रै नभएर अर्थतन्त्रका अन्य परिसूचकहरु पनि सुधार हुन आवश्यक र

कित्ताकाट खुलाउन जग्गा वर्गीकरण

बेनी नगरपालिकाले आगामी आर्थिक वर्षदेखि कित्ताकाट खुलाउने गरी नगरभित्रको जग्गा वर्गीकरण सम्पन्न गरेको छ । आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी जग्गा वर्गीकरणलाई कार्यापालिकाबाट निर्णय गरेर १३औं नगरसभाबाट अनुमोदन भएको नगरप्रमुख सुरत केसीले बताए । नगरप्रमुख केसीका अनुसार अनुमोदन गरेको जग्गा वर्गीकरणसहितको निर्णयलाई विभागमा लगेर स्वीकृत पश्चात अनुमति लिएर आगामी आर्थिक वर्षदेखि नगरभित्र कित्ताकाट सुरु […]

कित्ताकाट खुलाउन ढिलाइ भएको भन्दै जग्गा व्यवसायीको विरोध

८ असार, काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले कित्ताकाट फुकाउने निर्णय कार्यान्वयन गर्न माग गरेको छ । कित्ताकाट फुकुवामा भइरहेको ढिलासुस्ती प्रति आपत्ति जनाउँदै महासंघले घरजग्गा क्षेत्र चलायमान नहुँदा देशको समग्र आर्थिक गतिविधि सुस्त बन्दै गएको शुक्रबार जारी भएको विज्ञप्तिमा उल्लेख गरेको उल्लेख गरेको छ । घरजग्गा क्षेत्रलाई चलायमान गर्न कित्ताकाटलाई सहजीकरण गर्ने […]

दीर्घकालीन असर नहेरी खुलाइएको जग्गा कित्ताकाट

राजस्व कम भए जग्गा कित्ताकाट खुलाउनेजस्ता अनावश्यक निर्णय गर्नुभन्दा खर्च कम गर्नतर्फ लाग्नुपर्ने उनको तर्क छ ।

जग्गाको कित्ताकाट रोकिँदा राजस्व घट्यो

विगत नौ महिनादेखि म्याग्दीमा जग्गाको कित्ताकाट रोकिँदा राजस्व घटेको छ । भू–उपयोग नियमावलीमा जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट गर्ने व्यवस्था भएपछि म्याग्दीमा जग्गाको वर्गीकरण नहुँदा जग्गाको कित्ताकाट र अंशबन्डालगायतका कार्य विगत नौ महिनादेखि पूर्ण रूपमा रोकिएको हो । जग्गा कारोबारमा जग्गा कित्ताकाट नगरिकन सग्लो जग्गा बिक्री गर्नेहरूको मात्रै किनबेच हुने गरेको छ । यसमा म्याग्दीका […]

बुटवलमा जग्गाको कित्ताकाट खुला

बुटवल – बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो। जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमबार कार्यपालिका बैठकले अनुमोदन गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए। बैठकले शहरीकरणतर्फ उन्मुख रहेका र वडाहरुबाट गैरकृषि क्षेत्र कायम राख्न सिफारिश भएअनुसार वडा […]

धनगढी उपमहानगरमा १५ वडाकाे जग्गा कित्ताकाट फुकुवा

धनगढी- यसअघि जग्गा कित्ताकाट राेकेकाे धनगढी उपमहानगरपालिकाले थप चार वडालाई आवासीय क्षेत्र घोषणा गर्दै १५ वडाको जग्गा कित्ताकाट फुकुवा गरेको छ। उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले थप चार वडासहित नौ वडाको जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो। १९ वडा रहेको धनगढी उपमहानगरपालिकाले थप चार वडालाई आवासीय क्षेत्र घोषणा गरेसँगै उपमहानगरपालिका भित्र ६ वडा आवासीय […]

हेटौँडामा जग्गा कित्ताकाट गर्न रोक

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले जग्गाको कित्ताकाट गर्न रोक लगाउने निर्णय गरेको छ।सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले उपमहानगरपालिका क्षेत्रको जग्गा कित्ताकाटमा रोक लगाउने निर्णय गरेको हो।उपमहानगरपालिकामा जग्गाको वर्गीकरणपछि मात्र कित्ता काट खुला गर्ने निर्णय कार्यपालिका बैठकले गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए।उनले खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले कित्ताकाटमा रोक लगाउने निर्णय गरेको बताए। न्यौपानेका अनुसार उपमहानगरपालिक

विराटनगर विमानस्थल विस्तार गर्न जग्गा कित्ताकाट रोकियो

१७ माघ, विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि जग्गा कित्ताकाट रोकिएको छ । विमानस्थलका लागि अधिग्रहण गरिने जग्गाको कित्ताकाट रोकिएको हो । विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार विमानस्थल विस्तारका लागि मोरङ र सुनसरीमा पर्ने १२६.४ विगाह जग्गा अधिग्रहण गरिँदैछ । जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलपछि रेखाङ्कन भित्र परेका जग्गाको कित्ताकाट रोक्ने निर्णय भएको उनले […]