४० दिनपछि सर्वोच्चमा नियमित पेसीका मुद्दाको सुनुवाइ, शर्तसहित इजलास फर्किए न्यायाधीश

काठमाडौं : न्याय सम्पादन अवरुद्ध भएको ४० दिनपछि सर्वोच्च अदालतमा नियमित मुद्दाको सुनुवाइ भएको छ। मंसिर १५ गतेदेखिनै नियमित रुपमा सुनुवाइ अघि बढाउने न्यायाधीशहरुले निर्णय गरे पनि कायम मुकायम विवादका कारण इजलास प्रभावित भएका थिए। ४० दिनको अवधिमा न्यायाधीशहरुले करिब दुई सातासम्म कुनै पनि प्रकारका मुद्दा हेरेका थिएनन्। त्यसपछि बन्दीका…

सम्बन्धित सामग्री

१० इजलासमा ५९३ मुद्दाको पेसी चढ्यो, आजबाट सबै किसिमका मुद्दा हेरिने

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि आफूबाहेक १० वटा इजलास गठन गरेका छन् । हिजो (मंगलबार) पनि आफूलाई इजलास नतोकेका राणाले आज ती इजलासमा सबै किसिमको ५९२ मुद्दाको पेसी चढाएका हुन् । गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधानलाई राजपत्रमा प्रकाशित गरिएको भोलिपल्ट सबै किसिमको मुद्दाको सुनुवाइ हुन लागेको हो । यसअघि सर्वोच्च अदालतकै १९ […]

इजलास फर्कने सङ्केत

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध मोर्चाबन्दीमा रहेका सर्वोच्चका केही न्यायाधीशले आफ्ना सर्त पूरा भए नियमित सुनुवाइमा फर्कने सङ्केत गरेका छन् । कात्तिक ८ यता सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित छ । यसबीचमा  बन्दीप्रत्यक्षीकरणका  केहीबाहेक  मुद्दा  सुनुवाइ  हुन  सकेको  छैन  ।  पेसी  व्यवस्थापन  गोलाप्रथाबाट  गरिए  इजलास  फर्कने  सङ्केत  ती  न्यायाधीशहरूले  गरेको खबर गोरखापत्रमा छापिएको छ ।  पाँच  न्यायाधीश  गोलाप्...

भीष्मराज ढुंगानाको मुद्दा प्रधानन्यायाधीशको एकल इजलासमा

काठमाडौं । सरकारबाट पदमुक्त गरिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुने भएको छ । गएको मंगलबार नै उक्त मुद्दाको पेसी तोकिए पनि न्यायाधीशहरूले इजलास बहिस्कार गरेपछि मुद्दाको सुनुवाइ हुनसकेको थिएन । मंगलबार सुनुवाइ हुन नसकेको उक्त मुद्दाको आज पुनः पेसी तोकिएको...

चोलेन्द्रले मात्रै हेरे मुद्दा, अन्य न्यायधीशद्वारा इजलाश बहिस्कार

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा आज सुनुवाइ भएको छ । अरु इजलासमा भने सुनुवाइ हुन सकेको छैन । सोमबार र मङ्गलबार कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेको थिएन । प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलाससहित अन्य न्यायाधीशलाई पनि पेसी तोकेका थिए । ती कुनै पनि बेन्चमा सुनुवाइ भएको छैन । पेशीमा तोकिएको ठाउँमा बेन्च बस्न नसकेको भनेर उल्लेख गरिएको छ । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरुले इजलास सुनुवाइ गर्न इन्कार गरेका छन् । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएकाले त्यो पूरा गर्न आफू सक्षम रहेको बतेय्छका छन् । उनले न्यायाधीशहरुलाई संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् । अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । त्यसले गर्दा पालोमा टाढा–टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।