नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय

म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय सुनाएको छ । उहाँलाई चुनावमा धाँधली गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ । सुकीलाई अहिलेसम्म ११ वटा मुद्दामा २० वर्षको जेल सजाय तोकिएको छ । अझ थप केही आरोपमा उहाँमाथि सुनुवाइ हुन बाँकी छ । तर, नेतृ सुकीले यी सबै आरोपहरू अस्वीकार गर्दै आउनुभएको छ । सैन्य अदालतको फैसलालाई लिएर अधिकारवादी सङ्घ संस्था र समूहले राजनीतिक रूपमा प्रतिशोध साध्न प्रेरित भएको भन्दै निन्दा गरेका छन् । 

सम्बन्धित सामग्री

म्यानमारकी नेतृ आङ सान सुकी अब ३३ वर्ष जेल बस्नुपर्ने, विश्वभरबाट निन्दा

एजेन्सी । नोबेल पुरस्कार विजेता तथा म्यानमारकी नेतृ आङ सान सुकीले अब ३३ वर्ष जेल सजाय भोग्नुपर्ने भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

आङ सान सुकी भ्रष्टाचारको मुद्दामा पनि दोषी ठहर, जेल सजाय अवधि ११ वर्ष पुग्यो

म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेर पाँच वर्ष जेल सजाय सुनाएको छ । सुकीले याङ्गुन सहरका पूर्व प्रमुखबाट नगद र सुनसहित गरी ६ लाख अमेरिकी डलर बराबरको घुस लिएको अदालतले पुष्टि गरेको हो ।   सुनुवाइका क्रममा मानव अधिकारकर्मी, सञ्चारमाध्यम लगायतलाई उपस्थित हुन रोक लगाइएको थियो । यस्तै नेत्री सुकीका वकिलहरूलाई पत्रकारहरूसँग बोल्न निषेध गरिएको बीबीसीले जनाएको छ ।  सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेर सुकीलाई नजरबन्दमा राखेपछि यो मुद्दामा सहित ...

भ्रष्टाचार आरोपमा आङ सान सुकी जेल चलान

काठमाडौं । गत वर्षको फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गरेसँगै सैन्य नियन्त्रणमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ । अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएअनुसार सुकीलाई ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड बराबरकाे सुन घुस लिएको आरोपमा बुधबार ५ वर्षको जेल सजाय सुनाइएको हो । यसअघि उनलाई […]

आङ सान सुकीलाई सजाय सुनाइएकोमा विचलित : भारत

इन्डिया न्युज नेटवर्क । भारतले म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकी र अन्यका सम्बन्धमा हालै अदालतबाट आएको फैसलाबाट आफू विचलित भएको बताएको छ । विदेश मन्त्रालयले मंगलबार विधिको शासन र लोकतान्त्रिक प्रक्रियालाई कायम राख्नुपर्ने बताएको छ । म्यानमारको अदालतले आङ सान सुकीलाई सार्वजनिक अशान्ति भड्काएको र कोभिड–१९ आचारसंहिता उल्लंघन गरेको अभियोगमा चार वर्षको जेल सजाय […]

अदालतले सुकीको मुद्दामा फैसला सुनाउन स्थगित

एजेन्सी । म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित गरेको छ । अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उनलाई दशकौंसम्म जेल सजाय दिन सक्ने बताइएको छ ।