मध्यावधि चुनावको लागि दल दर्ता गर्ने समय साउन १५ गतेसम्म

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभाको मध्यावधि चुनावको लागि दल दर्ता गर्न साउन १५ गतेसम्मको समय दिएको छ । निर्वाचन आयोगले साेमवार (आज) स्वीकृत गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को निर्वाचन कार्यतालिकाअनुसार असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको हो । सरकारले आउँदाे कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकाे छ । आयोगले चुनावको कार्यतालिका पनि सार्वजनिक गरेको छ ।   यस्ताे छ आयाेगकाे विज्ञप्ति– ​    

सम्बन्धित सामग्री

असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ता

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगका अनुसार कार्यतालिकामा आगामी कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते शुक्रबार दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अवधिमा सम्पादन गरिने मुख्य क्रियाकलाप समेटिएकोे छ । कार्यतालिका अनुसार यही असार ३१ देखि आगामी साउन १५ गतेसम्म …

प्रतिनिधिसभा निर्वाचन: साउन १५ गतेसम्म दल दर्ता गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ । असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्नुपर्ने कार्यतालिका तयार गरेको आयोगका एक अधिकारीले जानकारी दिए ।   सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो...