अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन एमाले सांसदलाई निर्देशन

२८ फागुन, काठमाडौं । नेकपा एमालेले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन आग्रह गरेको छ । नेकपा एमालेका सांसदसमेत सहभागी भई वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । शुक्रबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता […]

सम्बन्धित सामग्री

१४ सांसदलाई कारबाहीको माग गर्दै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा

काठमाडौँ। नेकपा एमालेले कारबाही गरेका १४ सांसदहरुलाई पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका छन् । १४ जना सांसदलाई किन कारबाही नगरेको भनेर सोध्न आएको एमाले नेता रामबीर मानन्धरले बताएका छन् । सभामुख अग्नि सापकोटा पनि कार्यकक्षमा छैनन् । मंगलबार दाँतको माइनर सर्जरी गरेका उनी निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । […]

नेपाल समूहका १४ सांसदलाई कारबाहीको माग गर्दै एमाले नेता सभामुखको कार्यकक्षमा

काठमाडौँ– पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाहीको माग गर्दै एमाले नेता सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् । पार्टीले कारबाही गर्न सिफारिस गरेका माधवकुमार नेपाल समूहका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गर्दै सांसदहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका हुन् । सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, […]

नेपालसहित १४ सांसदलाई कारबाही गर्न एमालेद्वारा सभामुखको ध्यानाकर्षण

नेकपा (एमाले)ले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्न सभामुखलाई ध्यानाकर्षण गराएका छन् ।

२२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे निर्णय लिन एमाले स्थायी कमिटीको बैठक बस्दै

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ ।  बिहीवार या शुक्रवारका लागि बैठकको तयारी भएको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे बैठकमा छलफल हुने एमाले स्रोतले बतायो ।  साउन ४ गते एमालेले देउवालाई भोट दिएका २२ सांसदलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएका सांसदले जवाफ फर्काइसकेका छन् । ‘अब बस्न...

देउवालाई मत दिने २२ सांसदलाई एमाले ओली पक्षले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, साउन ६ । नेकपा एमाले ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिएका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो । एमाले बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई […]

सर्वोच्चले बोलायो कर्णालीका चार सांसदलाई

काठमाडौं। सर्वोच्च अदालतले कर्णालीका चार सांसदलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ। एमाले अध्यक्ष केपी ओलीले दिएको भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै अदालतले ह्वीप उलंघन गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश दिएको हो। न्यायाधीश डा आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुर्मराज शाही उपस्थित हुन भनेको हो।

माधव नेपाल पक्षले सुदूरपश्चिममा गर्‍यो ओली पक्षका सात सांसदलाई कारबाही

कैलालीः सुदूरपश्चिममा नेकपा (एमाले) का सात सांसदलाई कारबाही गरिएको छ। अध्यक्ष केपी शर्मा ओली समूहका सांसदलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कारबाही गरेको हो। सुदूरपश्चिममा माधव समूहको बहुमत छ। संसदीय दलको ह्विप उल्लंघन गर्ने सात सांसदलाई कारबाही गर्ने निर्णय भएको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन्। संसदीय…

एमाले संसदीय बोर्डले १४ सांसदलाई सोध्यो स्पष्टीकरण

नेकपा एमालेभित्र विवाद चर्किएका बेला बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई हराउन भूमिका खेलेको भन्दै १४ सांसदलाई स्पष्टीकरण सोधिएको छ । एमाले प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शनिवार बसेको संसदीय बोर्डको बैठकले माधवकुमार नेपाल पक्षका १४ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसा नेपाल, वसन्तप्रसाद मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल, शान्तिप्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, ...

एमालेले विश्वासको मत दिन अनुपस्थित सांसदलाई कारबाही गर्ने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो ।पार्टी अध्यक्षसमेत रहेका ओलीलाई विश्वासको मत नदिने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २० निर्वाचित र ८ समानुपातिक गरी २८ सांसद अनुपस्थित भएका हुन् । एमाले संसद्ीय दलका मुख्य सचेतक विशाल भट्टराईले ‘ह्वीप उल्लंघन गम्भीर घटना

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसदलाई कारबाही

काठमाडौं : ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ। मुख्यमन्त्री हटाउने विषयमा पार्टीको ह्वीप उलंघन गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको हो।शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले  पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेको हो।एमाले प्रमुख सचेतक गुलावजंग शाहले दलको बैठकले चार सांसदको पार्टी साधारण सदस्य नरह