विद्युत खपत वृद्धिको अभियानमा छौं : ऊर्जामन्त्री

एमाले नेताले भने, ‘नो एमसीसी’ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारले विद्युत खपत वृद्धिलाई अभियानकै रूपमा अघि बढाउन लागेको बताइन् ।सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको बिहीबार ललितपुरमा उद्घाटन गर्दै उनले सरकारले विद्युत खपत वृद्धिको अभियानमा लागेको बताउँदै यसका लागि सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताइन् । “उद्योग, कृषि, सिँचाइ, घरायसी […]

सम्बन्धित सामग्री

१२ वर्षमा १३ हजार मेगावाट विद्युत खपतको लक्ष्य छ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बस्नेतले अबको १२ वर्ष (सन् ०३५) भित्र आन्तरिक बजारमा १३ हजार मेगावाट विद्युत खपत गर्ने लक्ष्य राखेको बताएका छन् । अहिले नेपाली बजारमा विद्युतको...

हाइड्रोजन ऊर्जामा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्छ: ऊर्जामन्त्री भुसाल

सोमबार काठमाडौँमा भएको ग्रिन हाइड्रो सम्मेलनमा बोल्दै मन्त्री भुसालले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी हुन...

दुई वर्षभित्र सबैको घरमा विद्युत जडान हुन्छ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले २ वर्षभित्र सबैको घरमा विद्युत जडान गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले सो प्रतिवद्धता व्यक्त गरेकी हुन् ।उनले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत जडान भएको उल्लेख गर्दै २ वर्षभित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताइन् । उनले विद्युत खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गरिन् । मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक

जलविद्युत् खपत र विकासबारे ऊर्जामन्त्री र प्रधानसेनापति शर्माबीच छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच जलविद्युत् खपत र विकासका विषयमा छलफल भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको छलफलमा मन्त्री भुसालले विद्युत खपत प्रवर्द्धनका लागि सहयोग गर्न नेपाली सेनालाई आग्रह गरिन् । सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै...

विद्युत खपत बढाउन ऊर्जामन्त्री भुसालको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छन् ।  मन्त्री भुसालले विद्युतीय यातायातका साधनहरूको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई पुनः आग्रह गरिन् ।  शनिवार काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पुर्‍याउन पनि सबै क्षेत्रलाई आग्रह गरिन् ।  ‘आफ्...

विद्युत खपत बढाउन ऊर्जा मन्त्री भुसालको अपिल

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छन्। शनिबार काठमाडौंको क्षेत्रपाटीमा एक कार्यक्रममा बोल्दै उनले विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई...

उद्योग विस्तारका लागि पूर्ण सहयोग हुन्छ : ऊर्जामन्त्री भुसाल

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जाका कारण उद्योगमा समस्या पर्ने हो कि भन्ने आशङ्कामा नपरी निर्धक्क भएर लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छिन् । उनले उद्योग विस्तारमा ऊर्जाबाट पूर्ण सहयोग हुन्छ भन्ने कुरा हृदयगम गर्न अपिल गरेकी हुन् ।ऊर्जा खपतका विषयमा निजी क्षेत्रसँग आज मन्त्रालयमा भएको छलफलमा उनले भनिन्, “निजी क्षेत्रलाई हामी चाहिएजति गुणस्तरीय विद्युत उपलब्ध गरउँछौँ ।” उनले सहज तवरले कुनै पनि बिलम्ब नगरीकन विद्युत् उपलब्ध गराउने विश्वास दिलाउँदै केही समस्या भएमा सिधैँ कार्यकारी निर्देशक र आफूलाई पनि सम्पर्क गर्न आग्रह गरिन् ।निजी क्षेत्रले विद्युत् महसुल दर कम गरेर खपत बढाउन सकिने भनि दिएको सुझावमा मन्त्री भुसालले यस विषयमा आफू सकारात्मक रहेको तर विद्युत खरिद दर(पिपिए)का आधारमा महसुल दर हेरफेर गरिनुपर्ने बताईन् । उनले निजी क्षेत्रले अन्तर्राष्ट्रिय लगानीकर्तासँग पनि सहकार्य गर्ने भएकाले विद्युत खपत गर्ने वैदेसिक लगानीका उद्योग स्थापनामा पहल गर्न आग्रह गरिन् ।कार्यक्रमा मन्त्रालयका ऊर्जा सचिव देवेन्द्र कार्कीले सुधार भनेको निरन्तर हुँदै जाने भन्दै ऊर्जा क्षेत्रका गुणस्तर सुधारका लागि आफूहरू प्रतिवद्ध रहेको बताए  । उनले उद्योगी तथा व्यवसायीलाई समस्या परेको भए कहाँ र केके समस्या परेको हो स्पष्टरूपमा विषय खुलाएर आए त्यस्ता समस्या समाधान गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे ।विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीलाई १३२ केभीबाट विद्युत लिन आग्रह गरे । उनले भने, “हामीले ठूला उद्योगलाई विद्युत् उपलब्ध गराउन १३२ केभीका प्रशारण कोरिडोर निर्माण गरेका छौँ, त्यसबाट विद्युत लिँदा गुणस्तरमा कुनै समस्या हुँदैन ।”छलफलमा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गुणस्तरीय विद्युत उपलब्ध गराउन र ट्रान्समिशन लाइनको भरपर्दो पूर्वाधार विकास गर्न सुझाव दिए  । त्यसैगरी छलफलमा सहभागी अन्य उद्योगीहरूले गुणस्तरीय विद्युत उपलब्ध गराउन र विद्युत महसुल कम गर्ने विषयमा सरकारको ध्यान जानुपर्ने बताए ।