काठमाडौंको जनसंख्या २० लाख हुँदा मनाङमा भने जम्मा साढे ५ हजार

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । यसअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको पाइएको छ भने सबैभन्दा कम मनाङमा छ ।  काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ हुँदा मनाङको भने ५ हजार ६४५ रहेको विभागले जनाएको छ । यस्तै सर्वाधिक जनसंख्या रहेका ५ जिल्लामा काठमाडौं, मोरङ, रुपन्देही, झापा र सुनसरी रहेका छन् । सर्वाधिक कम जनसंख्या हुने ५ जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका छन् ।

सम्बन्धित सामग्री

नेपालको जनसंख्या : २ करोड ९१ लाख ९२ हजार ४८०

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार यो संख्या १० वर्षअगाडि गरिएको गणनाभन्दा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी हो । १० वर्षअघि २०६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार १० वर्षको सरदर जनसंख्या वृद्धिदर वार्षिक शून्य दशमलव ९३ प्रतिशत देखिएको छ । १० वर्षअघि गरिएको जनगणनामा यस्तो वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । १९८७ सालपछि जनसंख्याको वृद्धिदर घटेर १ प्रतिशतभन्दा कम भएको यो पहिलोपटक हो । १९७८ र १९८८ सालमा भने जनसंख्याको वार्षिक वृद्धिदर नै नकारात्मक भएको थियो । २०२८ देखि २०६८ सालसम्म हरेक वर्ष औसतमा जनसंख्याको वार्षिक वृद्धिदर २ प्रतिशतभन्दा धेरै रहेको देखिन्छ । अहिले गरिएको जनगणनाअनुसार कुल जनसंख्यामा १ करोड ४९ लाख १ हजार १६९ जना महिला र १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष रहेका छन् । प्रतिशतका आधारमा अंश महिलाको ५१ दशमलव शून्य ४ र पुरुषको ४८ दशमलव ९६ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनामा पुरुष ४८ दशमलव ५ र महिलाको अंश ५१ दशमलव ५ प्रतिशत थियो । प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोवास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ । ती परिवार ५६ लाख ४३ हजार ९ सय ४५ ओटा घरमा बसेका देखिएको विभागले जानकारी दिएको छ । हालको परिवार संख्या १० वर्षअघिको भन्दा करीब २४ दशमलव ५७ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७ सय ५७ ओटा परिवार थप भएको छ । ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा २० लाख १७ हजार रहेको छ । सबै भन्दा कम जनसंख्या मनाङमा ५ हजार ६४५ रहेको प्रारम्भिक गणना विभागले सार्वजनिक गरेको छ । ३२ ओटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ । नेपालको कुल जनसंख्यामध्ये प्रदेशगत आधारमा मधेश प्रदेशमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २ सय ८८ रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ जना रहेको छ । लैंगिक अनुपातमा सबैभन्दा धेरै मधेश प्रदेशमा १ सय १ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९० प्रतिशत रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर सातओटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रतिवर्ष १ दशमलव २५ र सबैभन्दा कम गण्डकी प्रदेशमा शून्य दशमलव ३० प्रतिशत रहेको विभागले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ नेपालको बाह्रौं र विसं २०७२ मा जारी भएको नेपालको संविधानपछिको पहिलो जनगणना हो । जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८ सम्म र दोस्रो चरणको कात्तिक २५ देखि २०७८ मङ्सिर ९ सम्म गरिएको थियो ।

सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौं र कम मनाङमा

देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौँमा देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार काठमाडौंमा २० लाख १७ हजार ५३२ जना रहेका छन्। सबैभन्दा कम जनसङ्ख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसङख्या भएका जिल्ला हुन्।

सबैभन्दा बढी जनसंख्या काठमाडौंमा, मनाङमा कम

काठमाडौं : नेपालका ७७ वटै जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा रहेको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको देखाएको छ।  काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ। सबैभन्दा कम जनसंख्या रहेको मनाङमा ५ हजार ६४५ जना रहेका छन्। धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ जिल्लामा रहेका छन्। कम जनसंख्या भएका जिल्लाहरुमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस

साढे ५ हजार मात्रै जनसंख्या भएको मनाङमा प्रति वर्गकिलोमिटर जनघनत्व कति ?

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । प्रारम्भिक नतिजाअनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै ५ हजार १०८ जना प्रति वर्गकिलोमिटर जनघनत्व छ । त्यस्तै सबैभन्दा कम  मनाङमा ३ जना प्रति वर्गकिलोमिटर जनघनत्व रहेको छ ।  काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ हुँदा मनाङको भने ५ हजार ६४५ रहेको विभागले जनाएको छ । जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लाहरू हुन् । मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला ...

१४ वटा नगरपालिकाको जनसंख्या २० हजार भन्दा कम

काठमाडौँ – २०७८ को जनगणना अनुसार २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ। १ लाख भन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ। नेपालको सबैभन्दा बढी जनसंख्या काठमाडौँ र कम मनाङमा रहेको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ७७ जिल्लामध्ये काठमाडौँको जनसंख्या २० लाख १७ […]

२० लाख जनसंख्या काठमाडौंमा मात्रै, सबैभन्दा कम कहाँ ?

काठमाडौं, १२ माघ । केन्द्रिय तथ्यांक विभागको २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार काठमाडौंमा सबैभन्दा बढी २० लाख बढी जनसंख्याको बसोबास रहेको पाइएको छ । काठमाडौंमा मात्रै २० लाख १७ हजार जनसंख्या बसोबास गर्दै आएको विभागले जनाएको छ । यसैगरी, नेपालको हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बस्ने गरेको पाइएको छ । मनाङमा जम्मा ५ […]

मनाङको जनसंख्या ५ हजार ६४५ जना, काठमाडौंको कति ?

२०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको संघीय राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ । काठमाडौंमा २० लाख १७ हजार जनसंख्या बसोबास गर्ने गरेको केन्द्रीय तथ्यांक विभागले उल्लेख गरेको छ । यसपछि, नेपालका ७७ वटा जिल्लामध्ये हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बस्ने गरेको पाइएको छ । मनाङमा जम्मा ५ हजार ६४५ जना मात्र बसोबास गर्ने गरेको पाइएको विभागले जानकारी दिएको छ । यो वर्षको जनगणनाले हिमाली जिल्लामा तुलनात्मकरुपमा कम र तराईका जिल्लामा बढी मानिस बसोबास

गण्डकीमा चार महिनामा ५८० जुवाडे पक्राउ‚ एक करोड २० लाख बरामद

पर्वत : गण्डकी प्रदेशमा चार महिनाको अवधिमा जुवा खालबाट एक करोड २० लाख रुपैयाँ बरामद भएको छ।११ जिल्ला रहेको गण्डकीको सात जिल्लाबाट आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्म एक करोड २० लाख ४० हजार २७१ रुपैयाँ बरामद भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।उक्त अवधिमा बाग्लुङ, म्याग्दी, मुस्ताङ र मनाङमा भने जुवा खेल्दै गरेको अवस्थामा कोही पनि पक्राउ नपरेको पौडेलले बताए। सोही अवधिमा सबैभन्दा बढी ‘केस’ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा