अफगानिस्तानमा चरम खाद्य संकट : दुई करोडभन्दा बढी मानिस भोकमरीबाट ग्रस्त

वैशाख २३, काबुल (अफगानिस्तान) । अफगानिस्तानमा चरम खाद्य संकट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसंख्या देशको कुल जनसंख्याको आधाभन्दा बढी हो ।   करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।   गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ । अफगान अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि जनाताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ । मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले काबुलमा ३७६, १३९ मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ । विश्लेषकहरूले औंल्याएअनुसार धेरैजसो अफगानीहरूका लागि ईद संसारभरका मुस्लिमहरूले ईद (उल फित्र मनाउने) भएकाले आफ्नो परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु ठूलो संघर्षपूर्ण रह्यो । इस्लामिक इमिरेट्स अफ अफगानिस्तान नियन्त्रित सरकारलाई अन्तरराष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ । अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तरराष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ । जसले गम्भीर आर्थिक संकट, गरिबी र स्वास्थ्य सेवालगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ । रासस/एएनआई

सम्बन्धित सामग्री

खाद्य संकट कोष बनाउन सुझाव

दक्षिण एसियाली तथा बिमस्टेक राष्ट्रहरू जलवायु परिवर्तनका निम्तिने विपद्को अत्यधिक जोखिममा रहेका कारण यो क्षेत्रमा खाद्य संकट निम्तिन सक्ने खतरा रहेको विज्ञले बताएका छन्। जलवायुजन्य विपद्का हिसाबले यो क्षेत्रका १० राष्ट्रहरू विश्वकै सबैभन्दा बढी जोखिममा छन...

इजरायली नाकाबन्दीका कारण गाजामा खाद्य संकट

इजरायलले गरेको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्य संकट परेको छ। गाजा क्षेत्रका कम्तीमा पनि ५७ प्रतिशत जनसंख्यालाई खाद्य असुरक्षा हुन पुगेको बताइएको छ। सो क्षेत्रमा इजरायलले करिब १६ वर्ष अघिदेखि नाकाबन्दी...

सुडानमा फेरि खाद्य संकट पर्नसक्ने राष्ट्रसंघ चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ । यसअघि पनि कैयौँ पटक सुडानमा खाद्य संकट परेको भन्दै राष्ट्रसंघले फेरि पनि संकट आउन सक्ने बताएको हो । खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै खाद्यान्नको अभाव हुने राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी […]

सुडानमा चरम खाद्य संकट

सुडानका नागरिकले चरम खाद्य संकट भोग्नुपरिरहेको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य संकट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन् । यहाँका केही विज्ञहरुले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकमा सुडानका करिब १ करोड ८० नागरिकले खाद्य संकटको समस्या भोग्नुपरिरहेको छ । सुडानको खाद्य क्षेत्रका अधिकारीहरुका अनुसार यहाँको ४ करोड …

विश्वव्यापी खाद्य संकट वर्षाैँ रहन सक्छ : विश्व बैंक

कोभिड–१९ महामारीको सिर्जित संकटबाट छुटकारा नपाउँदै युक्रेन युद्धको संकट थपिएपछि विश्वमा खाद्य संकट देखापरेको छ । यससँगै विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय समुदायले जारी खाद्य संकट न्यूनीकरणका उपाय खोज्ने प्रयास थालेका छन् । विश्व...

विश्वभर खाद्य संकट आउने जेलेन्स्कीको चेतावनी

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकमा जारी रुसी आक्रमणका कारण विश्वभर खाद्य संकट आउने चेतावनी दिएका छन् । अष्ट्रेलियन टेलिभिजनको ६० मिनेट्स कार्यक्रममा बोल्दै राष्ट्रपति जेलेन्स्कीले विश्वभर खाद्य संकट आउने चेतावनी दिएका हुन् । उनले कृष्ण सागरमा रहेका युक्रेनी बन्दरगाहमा रुसी फौजले  नाकाबन्दी लगाएका कारण युक्रेनले करोडौं टन अन्न गुमाएको समेत बताए । यसकारण […]

सोमालियामा खाद्य संकट

एजेन्सी । सोमालियामा खडेरीका कारण खाद्य संकट उत्पन्न भएको छ । सोमालियामा अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको संयुक्त राष्ट्रसंघीय मानव सहायतासम्बन्धी निकायले जनाएको छ । मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयले सोमालियामा आगामी सन् २०२२ को मेसम्ममा खाद्यान्न अभावको समस्या झन् बढ्ने बताएको छ । […]

सोमालियाका करिब ६० लाख मानिसमा खाद्य संकट

एजेन्सी। सोमालियामा करिब ६० लाख मानिसमा खाद्य संकट देखिएको छ। संकटको समस्या तत्कालै टार्न संयुक्त राष्ट्रसंघले सहयोगको अपिल गरेको छ। त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्धन्द्धका कारण खाद्य संकट परेको जनाइएको छ। समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो। जसका कारण यहाँका ५९ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ।

सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित

संयुक्त राष्ट्रसंघ / सोमालियमा खडेरीका कारण खाद्य संकट परेको जनाइएको छ । यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण

कोरोना त्राससँगै जुम्लामा खाद्य संकट निम्तिदै

दोस्रो लहरको कोरोना महामारी सँगै जुम्लामा खाद्य संकट निम्तिने संकेत देखिएको छ । आफ्नै उत्पादनले ६ महिना नधान्ने, खाद्यकै चामलमा निर्भर जुम्ली नागरिकले कोरोना महामारीको त्रास संगै खाद्य संकट पनि झेल्नु पर्ने समस्या आएको छ ।जुम्लाका धापा र जुम्लाकोट डिपोमा चामल नआएको महिनौं बित्यो । सदरमुकामको डिपोमा पनि बिक्री गरेको खण्डमा एक हप्ता नपुग्ने खाद्यन्न […]