कानून निर्माणका लागि सुझाव बैंक स्थापना गर्ने सरकारको तयारी

काठमडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले कानून निर्माणका लागि आम रुपमा सुझाव संकलन गर्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा कानून अध्ययनरत विद्यार्थीहरुसँग छलफल गर्दै मन्त्री गिरीले कानून निर्माणका लागि सुझाव माग्न सुझाव बैंक स्थापना गर्ने तयारी गरिएको बताएका हुन् । उनले सुझाव बैंकमार्फत आम नागरिकले जुन कुनै कानूनलाई संशोधन […]

सम्बन्धित सामग्री

औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई छुट दिने सरकारको तयारी

काठमाडौं । सरकारले औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने तथा स्थानान्तरण गर्ने उद्योगलाई छुटको सुविधा दिने भएको छ । सरकारले निर्माणाधीन औद्योगिक क्षेत्रमा उद्योग खोल्ने व्यवसायीलाई कर, पूर्वाधार लगायतका सुविधा दिन प्रक्रिया अघि बढाएको हो । औद्योगिक पूर्वाधार निर्माणका लागि चालू वर्षमा २ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, विशेष आर्थिक क्षेत्र […]

सुरु भयो छारुङमा सशस्त्रको भवन निर्माण प्रक्रिया

दार्चुलाको छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) को भवन निर्माणका लागि सशस्त्र प्रहरीले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपियाँ बजेट विनियोजन गरिदिएपछि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेर निर्माण प्रक्रिया अघि बढाउन थालेको हो । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको छाङरुमा भवन निर्माणपछि एक सय ६० जनाको फौज रहने गुल्म स्थापना गर्ने सरकारको तयारी छ । भवन निर्माणका लागि गत वर्ष नै सशस्त्रले १५ रोपनी जग्गा प्राप्त गरिसकेको छ ।