पोखरामा भदौ २४ गतेबाट सत्यमाेहनकाे ‘सुनकेशरी’ मञ्चन हुने

काठमाडाैँ- संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित नाटक ‘सुनकेशरी’ पोखरामा यही भदौ २४ गतेबाट मञ्चन हुने भएको छ। मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुतिमा तयार गरिएको नाटक पोखराको गैहपाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा असोज १ गतेसम्म मञ्चन गर्न लागिएको हो। हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त दिउँसो १ बजे नाटक मञ्चन […]

सम्बन्धित सामग्री

नाटकघरमा ‘ट्रान्जिट’ र ‘हिउँभन्दा चिसो’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ।शुक्रबारदेखि नियमित मञ्चन भइरहेको उक्त नाटक भदौ २ गतेसम्म मञ्चन हुनेछ। कुमार नगरकोटीले लेखेको नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका हुन।...

बुधबारदेखि ‘एन इन्स्पेक्टर कल्स’ फेरि मञ्चन हुँदै

काठमाडौं : गत भदौ १७ देखि मञ्चन भएर बीचमै रोकिएको नाटक ‘एन इन्स्पेक्टर कल्स’ बुधबारदेखि फेरि मञ्चन हुँदैछ। सिनामंगलस्थित पुरानो घर थिएटरमा कात्तिक १६ देखि मंसिर १२ सम्म पुनः मञ्चन हुन लागेको हो। यसअघि कलाकारलाई डेंगु संक्रमण भएपछि नाटकको मञ्चन बीचमै रोकिन पुगेको थियो। ‘एन इस्पेक्टर कल्स’ जेबी प्रिस्लेको सोही नामको नाटकको नेपाली अनुवाद हो। जसको निर्देशन तथा अनुवाद राजकमल फकिरले गरेका हुन्।डिटेक्टिभ थ्रिलर जनराको नाटक सन् १९१२ को पृष्ठभूमि रहेको भए पनि लेखिएक

‘हिउँको पृथ्वीयात्रा’ नाटक भदौ २४ गतेदेखि विराटनगरमा मञ्चन हुँदै

विराटनगर : शिल्पी थिएटर ‘हिउँको पृथ्वीयात्रा’ नाटक लिएर विराटनगर आइपुगेको छ। विराटनगरको आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा यो नाटक भदौ २४ देखि २६ सम्म ३ दिन मञ्चन गरिनेछ। शिल्पीका निर्देशक घिमिरे युवराजका अनुसार भदौ २५ गते नाटकका २ वटा शो हुनेछन्। तीन दिनमा ४ पटक मञ्चन गरिने कार्यक्रम छ। यसअघि…

१७ गतेदेखि पुरानो घर थिएटरमा मञ्चन हुँदैछ नाटक ‘एन इन्स्पेक्टर कल्स’

काठमाडौं : नाटक ‘एन इन्स्पेक्टर कल्स’ मञ्चन हुने भएको छ। सिनामंगलस्थित पुरानो घर थिएटरमा आगामी भदौ १७ गतेदेखि सुरु हुने नाटक असोजको ९ गतेसम्म देखाइनेछ। डिटेक्टिभ जनरामा आधारित ‘एन इन्स्पेक्टर कल्स’ जेबी प्रिस्टलीद्वारा सन् १९४५ मा प्रकाशित नाटक हो। यो नाटकलाई नैतिकता वादी ‘मोरालिटी प्ले’ भनेर पनि ब्याख्या गरिन्छ। सन् १९१२ को…

नाटक ‘खुवालुङ ढुंगाको बाटो’ भदौ ११ सम्म मञ्चन हुने

काठमाडौं । नाटक ‘खुवालुङ ढुंगाको बाटो’ भदौ ११ गतेसम्म मञ्चन हुने भएको छ । मण्डला नाटकघर थापागाउँमा साउन ६ गतेदेखि २९ गतेसम्म मात्र मञ्चन हुने भनिएको नाटक दर्शकको माग अत्यधिक भएपछि भदौ ११ गतेसम्म मञ्चन हुने भएको हो । नाटक अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीमा रहेको किरात समुदायले आस्था र विश्वासको रुपमा लिने ‘खुवालुङ […]

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव हुँदै

विराटनगर : विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ। आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० वटा नाटक मञ्चन गरिनेछन्। विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए।पाठ्यक्रममा समावेश वा शिक्षक अथवा विद्यार्थीले लेखेर निर्देशन गरेका १ घण्टा अवधिका नाटक महोत्सवमा मञ्चन गरिनेछ। जसमा अभिनय

खगेन्द्र लामिछानेको 'पानीफोटो'को प्रदर्शन भदौ १० मा

काठमाडौं : अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेको फिल्म ‘पानीफोटो’ प्रदर्शन मिति तोकिएको छ। कोरोना महामारीका कारण रोकिएको फिल्म आउँदो वर्षको भदौ १० मा रिलिज हुने पक्का भएको हो। खगेन्द्रले आफूले नै लेखेको नाटकलाई फिल्म बनाएका हुन्। यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’मै आधारित फिल्म हो। ‘पानीफोटो’ मा माओवादी 'जनयुद्ध'को…

कौशी थिएटरमा पुन: मञ्चन हुँदै ‘हरेक बबाल कुरा’

काठमाडौँ– कथाघेराको प्रस्तुतिमा बनेको नाटक ‘हरेक बबाल कुरा’ शुक्रबारबाट पुन: मञ्चन भएको छ। असोज १५ देखि २० गतेसम्म कौशी थिएटरमा नियमित नाटक मञ्चन हुने कथाघेराले जनाएको छ। यसअघि नाटक भदौ २५ देखि असोज १ गतेसम्म सीमित दर्शकमाझ प्रस्तुत गरिएको थियो। त्यो समयमा पनि नाटक हेर्ने हाउसफूल भएको कारणले दुई दिन शो थपिएको थियो। नाटक मञ्चनपछि […]

कौसी थिएटरमा आजबाट फेरि मञ्चन हुँदै 'हरेक बबाल कुरा'

काठमाडौं: नाटक 'हरेक बबाल कुरा' आजबाट फेरि मञ्चन हुने भएको छ। असोज १५ गतेदेखि २० गतेसम्म नाटक पुन: कौसी थिएटरमा मञ्चन हुनेछ। यसअघि यो नाटक भदौ २५ देखि असोज १ गतेसम्म सिमित दर्शकबिच मञ्चन भएको थियो। धेरै जनाले नाटक हेर्न नपाएको गुनासोको सम्बोधन गर्दैँ पुन: नाटक देखाउने योजना बनाएको कथाघेराले…

'हरेक बबाल कुरा' नाटक फेरि मञ्चन हुने

काठमाडौंः आकांक्षा कार्कीको निर्देशन रहेको नाटक 'हरेक बबाल कुरा' फेरि मञ्चन हुने भएको छ। भदौ २५ देखि असोज ३ गतेसम्म कौशी थिएटरमा मञ्चन भएको नाटक दर्शकको आग्रहमा असोज १५ देखि फेरि मञ्चन हुने भएको हो।असोज १ गतेसम्म मञ्चन हुने भनिएको नाटक हाउसफुल भएकाले धेरै दर्शक छुटेको भन्दै २ र ३ गते एक-एकवटा सो थप गरिएको थियो। थपिएका सो पनि एकदिनअघि नै हाउसफुल भएकाे थियाे। त्यसपछि नाटकलाई असोज १५ देखि २० सम्म फेरि मञ्चन गर्न लागिएको हो। 'हरेक बबाल कुरा' डंकन म्याकमिलनको नाटक 'एभ्री