नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २ हजार ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीलाई राखेर परिचालन समिति गठन गरेको हो ।