नेपाली कांग्रेसको निर्वाचन परिचालन समिति गठन

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन परिचालन समिति गठन  गरेका छन्। पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय उक्त समिति गठन गरिएको छ।नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम ‘प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति’ गठन गरेको काँग्रेसले जनाएको छ। 

सम्बन्धित सामग्री

उम्मेदवारलाई जिताउन कर्णालीमा कांग्रेसले पदाधिकारीलाई निर्वाचन क्षेत्रमा खटाउने

नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले आगामी मंसिर ४ गने हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन परिचालन कमिटीदेखि प्रचारप्रसार समिति गठन गरेको छ ।उम्मेदवारलाई जिताउनका लागि प्रदेश सभापति ललितजङ्ग शाहीको संयोजकत्वमा प्रदेश स्तरिय निर्वाचन परिचालन समिति गठन गरिएको छ भने गोबिन्द कोइरालाको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार प्रदेश स्तरिय परिचालन समिती गठन गरिएको हो । कोइराला प्रदेश सूचना, संचार तथा प्रचारप्रसार बिभाग प्रमुख समेत हुन् । कांग्रेस कर्णाली प्रदेश कमिटीका प्रवक्ता द

‘जिल्ला निर्वाचन परिचालन समिति’गठन

काठमाडौँ,२ कार्तिक । आगामी आमनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्तारुढ दलमा आबद्ध तीन राजनीतिक दलले नुवाकोटका रुपमा निर्वाचन परिचालन समिति गठन गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको संयुक्त प्रतिनिधिको सहभागितामा ‘बाम–लोकतान्त्रिक गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति–२०७९’ गठन गरिएको हो । समितिको संयोजकमा कांग्रेसका राजकुमार थापा र सहसंयोजकमा माओवादी केन्द्रका […]

नुवाकोटमा सत्ता गठबन्धनको ‘जिल्ला निर्वाचन परिचालन समिति’गठन

आगामी आमनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्तारुढ दलमा आबद्ध तीन राजनीतिक दलले नुवाकोटमा रुपमा निर्वाचन परिचालन समिति गठन गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको संयुक्त प्रतिनिधिको सहभागितामा ‘बाम–लोकतान्त्रिक गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति–२०७९’ गठन गरिएको हो । समितिको संयोजकमा कांग्रेसका राजकुमार थापा र सहसंयोजकमा माओवादी केन्द्रका कल्पना रिमाल रहेका छन् ।सदस्यमा कांग्रेसबाट श्रीराम श्रेष्ठ, यादवप्रसाद नेप

डडेलधुरामा सत्ता गठबन्धनको निर्वाचन परिचालन समिति गठन

सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादीले संयुक्त रुपमा निर्वाचन परिचालन मूल समिति गठन गरेका छन्।

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्काशन गर्ने सत्ता गठबन्धनको निर्णय

मोरङमा रहेका सत्ता गठबन्धनका ४ दलको संयुक्त बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि वडास्तरसम्म संयुक्त बाम लोकतान्त्रिक निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । समिति आगामी २८ गतेभित्र बनाइसक्ने र निर्वाचन परिचालन समिति बनाउँदा प्रतिनिधिसभाको उम्मेदवार रहने दलको प्रतिनिधि उक्त क्षेत्रको संयोजक रहने गठबन्धन दलले निर्णय गरेका हुन् । यस्तै संयुक्त बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन सचिवालय मोरङ नेपाली कांग्रेस कार्यवाहक सभापति नागेश कोइरालाको संयोजकत्वमा १७ सदस्य समित