प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक लुम्बिनीमा हुने

प्रेस चौतारी नेपालले नवौं राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न आउँदो पुस १० र ११ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।  संगठनले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा थप मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक तय गरिएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । आगामी फागुनभित्र अधिवेशन सम्पन्न गरिने कार्ययोजना बनाइएको छ ।  

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ। एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको थियो।

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

चितवन । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले आजका लागि तय बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको रातोपाटीलाई जानकारी दिए । बिहीबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । अब स्थगित बैठक शुक्रबार बेलुका अथवा शनिबार आवश्यकताअनुसार बस्नेछ । उनले भने । नेताहरूबीच भोलि वा पर्सी कहिले बस्ने भन्नेबा

एमाले केन्द्रीय कमिटी बैठक सुरु, बामदेव गौतमको राजीनामा अस्वीकृत

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । विधान महाधिवेशनको विषयमा छलफल गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु

५ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा शुरु भएको छ । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीको यो पहिलो केन्द्रीय कमिटी बैठक हो । यसअघि ८ भदौमा पनि केन्द्रीय कमिटी बैठक बसेको थियो । तर त्यसबेला एकीकृत समाजवादीले वैधानिकता पाएको थिएन । बुद्धनगरस्थित क्वालिटी ब्वांक्वेटमा शुरु भएको बैठकमा पार्टी गतिविधिको […]

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

२ साउन, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार बिहान एघार बजे केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने उनले बताए । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ । शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले […]