शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्दै आलोचना गर्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) अहिले सोही सरकारमा सहभागी हुन तयारीमा जुटेको छ । स्थानीय तहको चुनावअघि सरकारमा सहभागी हुने गरी पार्टीले तयारी थालेको छ । त्यसका लागि लोसपाले भोलि बुधबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । बुधबारको बैठकले लोसपा सरकारमा जाने कि नजाने भन्नेबारे तय गर्नेछ ।संख्याको हिसाबले देउवा नेतृत्वको सरकारलाई लोसपाको आवश्यकता छैन, तैपनि सो दललाई सरकारमा भित्र्याउन प्रयासरत छ । जनता समाजवादी पार्टी