रसुवा अस्पतालमा भेन्टिलेटर

रसुवा। रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध भएको छ। भेन्टिलेटरसमेतका स्वास्थ्य सामग्री निवर्तमान सांसद मोहन आचार्यले कोभिड नियन्त्रण व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्। रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार सांसद आचार्यले मिनी भेण्टिलेटर चार थान, पाँच वटा शय्या,अक्सिमिटर ३० वटा र सर्जिकल मास्क तीन हजार गरी १६ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।

सम्बन्धित सामग्री

आइसीयू भेन्टिलेटर स्थापनार्थ ५० अस्पताललाई १ अर्ब ४१ करोड दिइने

काठमाडौं। अर्थ मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि देशभरका ५० वटा अस्पतालमा आइसीयू भेन्टिलेटर स्थापना गर्न एक अर्ब ४१ करोड उपलब्ध गराउने निर्णय गरेको छ। आइसीयू भेन्टिलेटर स्थापना गर्न रकम पाउने अस्पतालहरुमा मुसीकोट अस्पताल, मुगु अस्पताल, मेहलकुना अस्पताल, सेती प्रादेशिक अस्पताल, म्याग्दी अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, पाल्पा अस्पताल, महाकाली अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल आदि छन्।