खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

जनकपुरधाम : महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालक दाजुभाईको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार रामगोपालपुर नगरपालिकाको एक इँटा भट्टामा पानी जमेको खाल्डोमा डुबेर बालकहरुको मृत्यु भएको हो।मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका  वडा नं ९ गोठबनौलि बस्ने रामकरण मण्डलका ९ वर्षीय छोरा प्रेम कुमार मण्डल र १० वर्षीय छोरा आशिक कुमार मण्डल भएको प्रहरीले जनाएको छ।दुवै बालक घरनजिकै रहेको एमपीएस इँटा उधोगले इँटा बनाउन माटो झिकेको खाल्डोमा शनिबार साँझ नुहाउन जाँदा डुबेका थिए। दु

सम्बन्धित सामग्री

बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनुषा, बिदेह नगरपालिका-४ झिझा टोल बस्ने कृष्णा पासमानको छोरा २ वर्षीय अभय पासमानको आफ्नै घर अगाडि पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । त्यस्तै सप्तरी, डाक्नेश्वरी नगरपालिका-५ पातो बजार बस्ने देव कुमार मालिको ९ महिनाको छोरा विराट कुमार मालिको पानी …

ड्रमको पानीमा डुबेर बालकको मृत्यु

काठमाडौँ – काठमाडौँको तारकेश्वरमा घरनजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको हो। डुबेर गम्भिर अवस्थामा फेला परेका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले […]

पानीमा डुबेर कैलालीमा एक बालकको मृत्यु

बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्‍याउँदा डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।-न्युज कारखाना

बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु

धनगढी– बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्‍याउँदा डाक्टर मृत घोषणा गरेको […]

पानीमा डुबेर ७ वर्षीय बालकको मृत्यु

काठमाडौं : सप्तरीमा पानीमा डुबेर ७ वर्षका बालकको मृत्यु भएको छ। हनुमान नगर कंकालिनी नगरपालिका-४ अर्जि मझुवापुरका जितेन्द्र सिपलियाको छोरा देविलको पोखरीमा डुबेर मृत्यु भएको हो।सुस्त मनस्थितिको बालक घरमा कोही नभएका वेला नजिकैको पोखरीमा डुबेर मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।  यसैगरी भदौ २ गते राति दुर्घटनामा परेका विष्णुपुर गाउँपालिका-६ का ५५ वर्षीय रामविलास रायको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते यादवको उपचारकै क्रममा छिन्नमस्ता अस्पता

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

बाँकेको जानकी गाउँपालिका ५ गनापुरस्थित खाल्डोमा जमेको पानीमा डुवेर बालकको मृत्यु भएको छ। जानकी गाउँपालिका ५ छब्बनपुर्वाका सात वर्षिय सञ्जु करबलको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

पानीमा डुबेर एक बालकको मृत्यु, अर्का युवाको शव फेला

बागलुङको बागलुङ नगरपालिका–१० भकुण्डेमा पानीमा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ। पानीमा डुबेर भकुण्डेका मान बहादुर बुढाथोकीका ८ वर्षीय छोरा एलस बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। घर नजिकै रहेको...

डुबेर बालकको मृत्यु

दमक – झापाको गौरादह नगरपालिका–४ मैदान घोपामा पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ। स्थानीयवासी गोपाल भट्टराईका छोरा संयोगको पैनीको पानीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार शनिबार अगाडिको पैनीमा खेल्ने क्रममा उनी अचानक डुबेका थिए। बालकका बुबाआमाले तत्कालै उपचारका लागि गौरादहस्थित मेडिकलमा ल्याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ।

इँटा बनाउन खनेको खोल्डोको पानीमा डुबेर बालकको मृत्यु

इँटा बनाउन खनेको खाल्डोको पानीमा डुबेर सोमबार बिहान एक बालकको मृत्यु भएको छ।