अब घर बीमा गर्दा पनि आयकरमा छूट पाइने

जेठ १६, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा पनि एक तिहाइ नेपालीमा बीमाको पहुँच विस्तार गर्ने बताएको छ । शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । साथै, सार्वजनिक पूर्वाधार र सरकारी तथा निजी भवनको बीमा गर्ने व्यवस्थालाई अभियानका रुपमा सञ्चालन गरिने उनको भनाइ छ । निजी घरको हकमा ५ हजारसम्मको बीमा प्रिमियमलाई आयकर प्रयोजनको लागि खर्च कट्टी गर्न दिने व्यवस्था पनि गरिने बजेटमा उल्लेख छ । हालसम्म जीवन बीमा गर्नेले आयकरमा २५ हजार छुट पाउँदै आएका थिए । अहिले आएर सरकारले घर बीमा गर्ने व्यक्तिलाई आयकरमा ५ हजारसम्म छूट दिने भएको हो । युनाइटेड इन्स्योरेन्सका पुर्व कामु प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले सामाजिक सञ्चालबाट यो व्यवस्था स्वागतयोग्य भएको बताएका छन् ।    यस्तै, सरकारले आगमी आवमा सबै स्थानीय तहमा स्वास्थ्य बीमा विस्तार गर्ने घोषणा पनि गरेको छ । साथै, ५० प्रतिशत जनसंख्यामा स्वास्थ्य बीमाको पहुँच विस्तार गरिने अर्थमन्त्री पौडेलले घोषणा गरे । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई ७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ ।  

सम्बन्धित सामग्री

नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा

नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ।विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ।

नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा

नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ ।

चार सय घरधुरीको घर बीमा

जुम्लाको सिञ्जा गाउँपालिका-२ ले वडाभित्रका चार सय घरधुरीलाई घर बीमा गरिएको छ । गत वर्ष असोजमा अबिरल वर्षाले बाढी पहिरो गई यहाँका अधिकांश घरमा क्षति पुगेको थियो ।

धुर्कोटमा घर बीमा कार्यक्रम, ५० प्रतिशत शुल्क गाउँपालिकाले बेहोर्ने

२२ साउन, काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकाले कच्ची आवासीय घरहरुलाई लक्षित गरेर बीमा योजना ल्याएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै कच्ची घरहरुले २ सय २५ रुपैयाँमा बीमा गर्नसक्ने जनाएको छ । सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र रहेका कच्ची घरको अधिकतम बिमांक ५ लाख रुपैयाँसम्म रहेको छ । बीमा शुल्क २ सय २५ रुपैयाँ कायम […]

बीमासम्बन्धी नीति ल्याउन स्थानीय तहलाई बीमा समितिको आग्रह

१३ पुस, वीरगञ्ज । बीमा समितिले स्थानीय तहलाई सम्पत्ति वा घर बीमासम्बन्धी नीति ल्याउन आग्रह गरेको छ । स्थानीय तहले बीमा कम्पनीसँग समन्वय गरेर घर बीमा अनिवार्य गर्न लगाउन सक्ने समितिको भनाइ छ । त्यस्तै बाली तथा पशुपन्छी बीमालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन, स्थानीय तहबाट प्रवाह हुने सेवालाई बीमासँग आवद्ध गराउन समितिले जोड दिएको छ […]