आईजीपी सिंह र अर्यालले लगाए फुली

नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् । मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल  २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन्

सम्बन्धित सामग्री

इन्टरपोलको महासभामा भाग लिन आईजीपी सिंह भारत प्रस्थान

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह इन्टरपोलको ९० औं महासभामा भाग लिन भारत प्रस्थान गरेका छन् । महासभा भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ देखी ४ गतेसम्म संचालन हुँदै छ । आईजीपी सिंह सोमबार भारत प्रस्थान गरेका हुन् । नेशनल सेन्ट्रल ब्यूरो (एनसिबि) काठमाडौंका प्रमुख समेत रहेका सिंहसँगै डिआईजी उमेश राज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा, इन्स्पेक्टर यम कुमार श्रेष्ठ र सशस्त्र प्रहरी बलको तर्फबाट समेत ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेका छन् । आईजीपी सिंहलाई प्रहरी अतिरिक्त महानिरीक

निर्वाचन भयरहित र निष्पक्ष हुन्छ : आईजीपी सिंह

३१ साउन, जनकपुरधाम । नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन भयरहित र निष्पक्ष हुने बताएका छन् । जनकपुरधाममा मंगलबार आयोजना गरिएको प्रदेशस्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै सिंहले भने, ‘भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउनु नै प्रहरीको एक मात्र उदेश्य हो ।’ […]

आगामी निर्वाचनमा म्यादी प्रहरीको संख्या धेरै हुनेछः आईजीपी सिंह

काठमाडौँ – आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुले विशेष प्राथमिकता पाउने भएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले यस्तो बताएका छन्। उनले हालमा म्यादी प्रहरीको संख्या निर्क्यौल नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी […]

आउँदाे चुनावमा म्यादी प्रहरीकाे सङ्ख्या बढ्छ : आईजीपी सिंह

काठमाण्डौ – आउँदो सङ्घ र प्रदेश सभा चुनावका लागि म्यादी प्रहरी भर्नामा पूर्वम्यादी र पूर्वसुरक्षाकर्मीले विशेष प्राथमिकता पाउने भएका छन् ।  आज बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले यस्तो बताउनुभएको हो । उहाँले अहिलेलाई म्यादी प्रहरीको सङ्ख्या यकिन नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्नेबारेमा छलफलका लागि सूची पठाइसकेको बताउनुभयो । उहाँले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गएको पालिका चुनावमा दिएको सेवा सुविधा नै प्र...

निर्वाचनमा कुनै अधिकृतले पार्टीको पक्ष लिँदैनन्- आईजीपी सिंह

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै पनि प्रहरी अधिकृतले पार्टीको पक्ष नलिने दाबी गरेका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपी सिंहले सबै राजनितिक दलहरूलाई प्रहरीले समान दृष्टिले हेर्ने जाकारी दिँदै भने– ‘हाम्रा लागि सबै पार्टी बराबर ।’ ‘कोही अधिकृतले दलको पक्ष लिँदैनन्’ उनले भने–‘प्रहरीको काम पुलिसिङ गर्ने हो, हामी त्यहि गर्छौं ।’मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रद

आईजीपी सिंह र काठमाडौंका मेयर शाहबीच भेटवार्ता

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बिच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिचमा भेटघाट र छलफल भएको बताइएको छ ।काठमाडौंको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको छ । मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न  महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे छलफल भएको छ ।  ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात गर्नेबारे आईजीपी र मेयर शाहको बिचमा छलफल भएको प्रह

आईजीपी सिंह र एआईजी रवीन्द्र धानुकको म्याद तामेल

एआईजीपी बढुवाविरुद्धको रिटमा प्रत्यर्थी रहेका आईजीपी धिरज प्रताप सिंह र एआईजी रवीन्द्र बहादुर धानुकको म्याद तामेल गरिएको छ । सर्वोच्च अदालतका कर्मचारीले प्रहरी प्रधान कार्यालयमा गएर आईजीपी सिंह र प्रशासन विभागका एआईजी धानुकलाई म्याद बुझाएका हुन् ।२०७८ चैत १७ मा ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले आफूभन्दा जुनियरलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदनका प्रत्यर्थी बसन्त कुमार पन्त अवकाशमा गएका छन् । पूर्व एआईजी पन्तको म्याद तामेल

निर्मला हत्याकाण्डको अनुसन्धान मेरो प्राथमिकतामा : आईजीपी सिंह

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । उनले आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्याउन प्रयास गरिने पनि बताए । आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको बताए । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।&nb

भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्न प्रतिबद्ध छु–आईजीपी सिंह

नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीको साङ्गठनिक क्रियाकलापलाई प्रक्रियागत र पारदर्शी बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा नवनियुक्त आईजीपी सिंहले भने–‘भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई भयरहित र सुरक्षित गराउन सुरक्षा योजना बनाएर लागु गरिएको जानकारी दिँदै सिंहले भने–‘शान्तिपूर्ण चुनाव गराउन प्रतिबद्ध छु ।&rsqu

आईजीपी सिंह र अर्यालले लगाए फुली, तस्बिरहरु हेर्नुहाेस्

नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् । मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल  २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन्