इन्टरपोलको महासभामा भाग लिन आईजीपी सिंह भारत प्रस्थान

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह इन्टरपोलको ९० औं महासभामा भाग लिन भारत प्रस्थान गरेका छन् । महासभा भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ देखी ४ गतेसम्म संचालन हुँदै छ । आईजीपी सिंह सोमबार भारत प्रस्थान गरेका हुन् । नेशनल सेन्ट्रल ब्यूरो (एनसिबि) काठमाडौंका प्रमुख समेत रहेका सिंहसँगै डिआईजी उमेश राज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा, इन्स्पेक्टर यम कुमार श्रेष्ठ र सशस्त्र प्रहरी बलको तर्फबाट समेत ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेका छन् । आईजीपी सिंहलाई प्रहरी अतिरिक्त महानिरीक