कास्की – गण्डकी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता दिँदै आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज मङ्गलवार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारले स्वास्थ्य पूर्वाधार निर्माण, कृषि, रोजगारी र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउने बताउनुभयाे ।
प्रदेश प्रमुख गुरुङले प्रदेशमै मुटुरोग अस्पताल स्थापना गर्ने बताउनुभयाे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमा ५० शय्याको मुटुरोग अस्पताल स्थापना गरिने नीति तथा...