एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पनि रहने, पदाधिकारीको संख्या १५ सदस्यीय

नेकपा एमालेले पार्टी पदाधिकारीको संख्या १५ बनाउने भएको छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले सो कुरा बताएका हुन् । पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा हेरफेर गरी वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थप गरिएको छ । 'धेरै संख्याको पदाधिकारी बनाउँदा कम्युनिस्ट पार्टी चलाउन सजिलो हुँदैन । पदाधिकारीको संख्या १५ भन्दा माथि लैजानु हुँदैन,' पौडेलले भने, 'अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षहरू ५, महासचिव १, उप...

सम्बन्धित सामग्री

माओवादीमा वरिष्ठ उपाध्यक्षको प्रस्ताव

नेकपा माओवादी केन्द्रले पदाधिकारी १५ सदस्यीय रहने प्रस्ताव गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरेको हो ।जसमा एक अध्यक्ष एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव गरेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकले १५ जना पदाधिकारी रहने प्रस्ताव गरेको र यो सबै टुंगो भने महाधिवेशनले नै लगाउने बताए । उनकाअनुसार बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव बैठकमा पेश

एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध

नेकपा (एमाले)को जारी दशौं राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध चयन भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय...

एमाले महाधिवेशनः वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् । महासचिवमा पनि शंकर पोखरेलको एकल उम्मेदवार छन् । ओलीले महासचिवमै प्रस्ताव गरेका उनी सर्वसम्मत भएका हुन् । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत भएका छन् । अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका बाहेक घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा अब मतदान हुने भएको छ ।

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

नेकपा एमालेको दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची मध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् ।  महासचिवमा पनि शंकर पोखरेलविरुद्ध कसैले उम्मेदवारी दिएनन् । उनी सर्वसम्मत भएका छन् । उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् ।  अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव ग...

एमालेमा पदाधिकारी बढाउने प्रस्ताव– उपाध्यक्ष ७ र उपमहासचिव ३ जना रहने

नेतृत्व चयनमा देखिएको जटिलता हल गर्न नेकपा एमालेले पदाधिकारीको संख्या बढाएर १९ जना पुर्‍याउन प्रस्ताव गरेको छ । शुक्रवार मध्यरातमा चितवनको सौराहामा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले पदाधिकारीको संख्या बढाउन प्रस्ताव गरेका हुन् । एक वरिष्ठ उपाध्यक्ष सहित ४ उपाध्यक्ष रहने व्यबस्था रहेकोमा सो संख्या बढाएर ७ पुर्‍याउन प्रस्ताव गरिएको छ ।  उपमहासचिवको संख्या ३ पुर्‍याउन प्रस्ताव गरिएको छ । यसअघि २ उपमहासचिव रहने व्यबस्था भएकोमा असोजमा सम्पन्न विधान महाधिवेशनले उपमहासचिवको संख्या १ म...

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने

काठमाडाैं ।  नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो । समूहगत छलफलपछि जवाफ दिनेक्रममा उपमहासिचव विष्णु पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ […]

एमालेमा अब १५ जना पदाधिकारी रहने, वरिष्ठ उपाध्यक्ष पद सृजना

काठमाण्डाै – नेकपा एमालेको पदाधिकारी सङ्ख्या १५ सदस्यीय हुने भएको छ । ललितपुरमा चलिरहेको विधान महाधिवेशनमा १० वटा समूहको निष्कर्ष, सुझाव र जिज्ञासाको सम्बोधन गर्दै उपमहासचिव विष्णु पौडेलले पदाधिकारीको सङ्ख्या १५ जना पुर्‍याइने जानकारी दिनुभयो ।  एमालेले एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव रहने प्रावधान ल्याएको छ । यसअघि प्रस्तावित विधानमा उपमहासचिव पद नरहने उल्लेख भए पनि सहभागितको सुझावका आधारमा उपमहासचिव पद यथावत् रहने व्यवस्था गरिएको हो । य...