काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा लागेको भ्रष्टाचारको अभियोग, समसामयिक राजनीति, निजामती विधेयकमा भएको चलखेलका विषयमा छलफल हुनेछ । यस्तै, पार्टी नेत्री रामकुमारी झाँक्रीलाई सोधिएको स्पष्टीकरणका विषयमा पनि छलफल हुने बताइएको छ । […]