‘सरकारले विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको छ’

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सरकारले दीर्घकालीन रूपमा विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको बताएकी छिन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज आयोजना गरेको कार्यशाला गोष्ठीमा मन्त्री यादवले साझा यातायातमार्फत ३७ विद्युतीय बस ल्याउन लागिएको बताइन्। तीमध्ये अहिले तीन बस परीक्षणमा रहेको र परीक्षण सकिएपछि बाँकी बस आइपुग्ने उनले बताइन् । […]

सम्बन्धित सामग्री

मुआब्जा दिन पूर्व–पश्चिम विद्युतीय रेलमार्ग प्रभावितको माग

बिर्तामोड– पूर्व–पश्चिम विद्युतीय रेलमार्ग प्रभावितले काँकरभिट्टा–इनरुवा खण्डमा रेलमार्ग बनाउने भन्दै रोक्का राखेको जग्गाको मुआब्जा तत्काल वितरण गर्न सरकारसँग माग गरेका छन् । संवाद समूह झापाले कनकाई नगरपालिकास्थित सुरुङ्गामा आयोजना गरेको काँकरभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको बैठकमा उनीहरूले यस्तो माग गरेका हुन् । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्ने भन्दै झापा, मोरङ र सुनसरी जिल्लाका करिब पाँच […]

५ किलोमिटर रेल्वे ट्रयाकबेड बन्न ३ वर्ष लाग्यो, जलमार्गमा के भयो प्रगति ?

१४ जेठ, काठमाडौं । सरकारले बितेको ३ वर्षमा साढे ५ किलोमिटर रेल्वे ट्रयाकबेड निर्माण गरेको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा निर्माण्को काम भइरहेको छ । ट्रयाकबेड रेलको लिक बिछ्याउन तयार गरिएको ट्रयाक हो । तर, कामको गति ज्यादै सुस्त छ । २०७८ असार मसान्तसम्म ४९ किलोटिमर रेल्वे ट्रयाक बेड निमाण भएको थियो […]

एमालेको घोषणापत्रमा कहाँ र कस्ता रेल ?

काठमाडौं । नेकपा एमालेले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग सञ्चालनको योजना अघि सारेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा देशका विभिन्न भागमा रेल यातायात सञ्चालन गर्ने योजना समेटिएको छ ।‘निर्माणाधीन पूर्व–पश्चिम रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ,’ एमालेले घोषणापत्रमा भनेको छ, ‘निजगढ–बुटवल खण्डको निर्माण कार्य अघि बढाइने छ ।’ बाँकी भागको जग्गा अधिग्

माओवादीको संकल्पः बिजुलीको खपत बढाउने, उपत्यकामा बिजुली बस चलाउने

पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गर्ने, वीरगञ्ज–काठमाडौँ, रसुवागढी–काठमाडौँ, पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकता दिने, काठमाडौँ उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेलक...

‘सरकारले विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको छ’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सरकारले दीर्घकालीन रूपमा विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज आयोजना गरेको कार्यशाला गोष्ठीमा मन्त्री यादवले साझा यातायातमार्फत ३७ विद्युतीय बस ल्याउन लागिएको बताउनुभयो । तीमध्ये अहिले तीन बस परीक्षणमा रहेको र परीक्षण सकिएपछि बाँकी बस आइपुग्ने उहाँले बताउनुभयो । […]

इनरुवा–काँकडभिट्टा विद्युतीय रेलमार्ग गफमै सीमित

मोरङ, बेलबारी–९ की उषाकला लिम्बुको करिब तीन कट्ठा जमिन प्रस्तावित इनरुवा–काँकडभिट्टा विद्युतीय रेलमार्गको रेखाङ्कन क्षेत्रमा परेको छ । सरकारले एकवर्ष अघि रेलमार्ग निर्माण गर्ने भन्दै पूर्वी खण्डको प्रस्तावित मार्गमा उनको जग्गा समावेश गरेको थियो ।रेलमार्गले छोएको भन्दै गएको एक वर्षदेखि उनको जग्गा बेचबिखन गर्न रोक लगाइएको छ । तर पनि उनले अहिलेसम्म आफ्नो जग्गाको मुआब्जा पाउन सकेकी छैनन् । जिल्ला प्रशासन कार्यालयले रेल्वेभित्र पर्ने जग्गा कारोबारमा रोक लगाए पनि अहिलेसम्म मुआब्जा पाउन नसक

रेलमार्ग विस्तारलाई १० अर्ब बजेट

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा रेलमार्ग विस्तारको अध्ययन गर्नलाई १० अर्ब बजेट विनियोजन गरेको छ। पूर्वपश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं केरुङ, रक्सौल काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्नलाई बजेट व्यवस्थापन भएको हो।

मेची–महाकाली विद्युतीय रेलमार्ग सर्वे सुरु : RajdhaniDaily.com -

मेची–महाकाली विद्युतीय रेलमार्ग सर्वे सुरु: RajdhaniDaily.com | काठमाडौं । निक्कै महत्वको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणअन्तर्गत यसअघि स्थानीयको अवरोधका कारण रोकिएको सर्वेको काम अघि बढेको छ । रेल मार्ग -