राष्ट्रपतिको कदमले लोकतन्त्रमाथि कालो बादल छायो : पूर्व राष्ट्रपति यादव

५ असोज, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले देश फेरि प्रतिगमनतर्फ जान सक्ने बताएका छन् । बुधबार जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनर्निर्माणको भूमिपुजन गर्दै पूर्व राष्ट्रपति यादवले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताएका हुन् । उनले प्रतिगमनको अवस्था आउन सक्ने भएकाले सचेत रहन जनतालाई आग्रह गरे । ‘दुई दुई […]

सम्बन्धित सामग्री

राष्ट्रपतिकाे कदमले लोकतन्त्रमा फेरि कालो बादल मडारिएको छ: पूर्वराष्ट्रपति यादव

जनकपुरधाम- नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताएका छन्। जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनःनिर्माणको भूमिपूजनमा पुगेका पूर्वराष्ट्रपति यादवले दुई-दुई पटक सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि लोकतन्त्रमा कालो बादल छाएको बताएका हुन्। प्रधानमन्त्रीबाट दुई-दुई पटक संसद विघटन भएपछि अदालत, दलीय गठबन्धन, नागरिकसमाज, मिडिया र हरेक नेपालीको प्रयासले […]

राष्ट्रपति भण्डारीको कदमले फेरि प्रतिगमनको संकेत दियो : पूर्व राष्ट्रपति यादव

जनकपुरधाम : पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक्ता विधेयक प्रमाणीकरण नगरेर संविधानमाथि फेरि कालो बादल लागाइ दिएको बताएका छन्। जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गर्दै यादवले दोस्रो पटक पठाइएको नागरिकता प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संसदको मात्र नभई राष्ट्रपति कार्यालय जस्तो सर्वोच्च संस्थाको गरिमा समेत…

राष्ट्रपतिलाई अध्यक्ष केसीको प्रश्न : संसद विघटन गर्नुअघि किन छलफल गर्नुभएन ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन गर्नुअघि सर्वदलीय बैठक किन नराखेको भनेर राष्ट्रपतिलाई प्रश्न गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा अध्यक्ष केसीले राष्ट्रपतिलाई सो प्रश्न सोध्नुभएको हो । बैठकमा केसीले सरकार प्रमुख र राष्ट्र प्रमुखबाटै सबैभन्दा धेरै गल्ती भएको बताउनुभएको थियो । राजनीतिक दलहरुका कारण अहिले प्राप्त उपलब्धिसमेत गुम्न लागेको भन्दै उहाँले चिन्ता जाहेर गर्नुभयो । केसीले अहिलेको अवस्था कसरी आयो भनेर जिम्मेवार नेताहरुले आफैँ विचार गर्नुपर्ने भन्दै सत्ता र विपक्षी दलका नेताहरुलाई सच्चिन आग्रह गर्नुभएको थियो । बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै केसीले भन्नुभयो, ‘राष्ट्रप्रमुख पनि सरकार प्रमुखलाई पनि पुग्नेगरी मैले भनेको छु । २०६२–६३ सालमा जुन उपलब्धि भयो, यीनै राजनीतिक पार्टीका कारणले यो उपलब्धि फेरि गुम्नेवाला छ । गणतन्त्रमा कालो बादल मडारिसकेको छ । यसको कारण राष्ट्रपति र सरकार प्रमुखबाट बढी गल्ती भएको छ भने मैले ।’ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको संसद विघटन सही थियो भन्ने जिकीर गर्नुभएको थियो । उहाँले ताजा जनादेश लिन चुनावमा जानुपर्ने बताएको बताउनुभएको थियो । बैठकमा पूर्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नेमकिपाका प्रेम सुवाल लगायत सहभागी थिए । बैठकमा सहभागी भएका नेताहरुमध्ये प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने मौन रहेको बताइन्छ । राष्ट्रपति भण्डारीले आगामी चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमणमा जाने बारे जानकारी गराउन सर्वदलीय बैठक आव्हान गर्नुभएको हो । बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको शतवार्षिकीको अवसरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आगामी चैत ९ गते त्यसतर्फ जान लाग्नुभएको हो ।

नेपाललाई विदेशीको क्रिडास्थल बन्नबाट जोगाऔँ

भीष्म जोशी ।। नेपालमा फेरि राजनीतिक अस्थिरताको कालो बादल मडारिएको छ । जनताले आफ्नो ज्यानभन्दा पनि प्यारो ठानेर आफ्ना प्रतिनिधिलाई दिएको मतमाथि विषवमन गरिएको छ । जनप्रतिनिधित्व रहेको सार्वभौम संसद विघटन गरिएको छ । यस कार्यमा नेपाली राजनीतिका दुईचार जना खलपात्रको मखुण्डोको प्रयोग गरियो; र, यसका साक्षीको रूपमा प्रधानमन्त्री र राष्ट्रपतिलाई जनतासामु प्रस्तुत गरियो । यसले सम्पूर्ण नेपालीलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ । नेपाली जनताले लामो समयदेखि गर्दै आएको ऐतिहासिक जनान्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको उपजस्वरूप हामीले लोकतन्त्रको उपभोग गर्न पाएका हौँ । यसका लागि थुप्रै वीर सपुतले आप्नो अमूल्य जीवन बेदीमा चढाएका छन् भने थुप्रैले जीवन समर्पण गरेर हामी नयाँ पुस्ता र देशका लागि यो व्यवस्था ल्याइपुर्याएका हुन्, जसको हामीले निर्बाध रूपमा उपभोग गरिरहेका छौँ । त्यसैले यसलाई सित्तैमा पाएको कसैले नसम्झौँ । हामीहरू अहिले आएर जति प्रेम आफ्नो सम्पत्तिरूपी सियोलाई गर्ने भएका छौँ, त्यो सम्पत्तिप्रति ज्यानभन्दा बढी माया गर्न सिकाएको यही व्यवस्थाले हो । त्यसैले आफ्नो नामको सियोलाई प्रेम गर्न जान्ने हामीले हाम्रो सम्पत्तिभन्दा असङ्ख्य गुणा महङ्गो र प्यारो राजनीतिक व्यवस्था र राष्ट्रलाई माया गर्न सिक्नुपर्छ । यो प्रत्येक नेपाली नागरिकको कर्तव्य हो । प्रथम, अनि अहम् कर्तव्य र जिम्मेवारी हो, राष्ट्रपति र प्रधानमन्त्रीको । यो व्यवस्था ल्याउनमा न कुनै शासकको भूमिका छ, न अन्य कसैको । यो व्यवस्था माथि भनिएजस्तै नेपाली जनताको रगत, पसिना र सङ्घर्षको फल हो । आज दुईचार जना विदेशी साम्राज्यवादी दलालका कारण नेपालको लोकतन्त्र सङ्कटको घडीमा छ । राष्ट्रियता इतिहासकै जटिल मोडमा आइपुगेको छ । अहिले संसद विघटन गरिएको छ । शासकहरू पछाडि फर्केको विश्व इतिहास र नेपाली राजनीतिक इतिहासमा समेत कहीँ कतै भेट्टिन्न । यिनलाई जनताले ठेगान लगाएनन् भने यिनीहरू झन् बढी जनविरोधी बन्ने छन् । यो सत्ता र शक्तिको आधारभूत चरित्र हो । अब नेपाली राजनीतिको कोर्स विस्तार–विस्तारै निरङ्कुशताको दिशातर्फ अगाडि बढने छ । अहिले संसद विघटनको घटनालाई गलत तथ्यको आधारमा पुष्टि गर्ने प्रयत्न ...