नेपाललाई विदेशीको क्रिडास्थल बन्नबाट जोगाऔँ

भीष्म जोशी ।। नेपालमा फेरि राजनीतिक अस्थिरताको कालो बादल मडारिएको छ । जनताले आफ्नो ज्यानभन्दा पनि प्यारो ठानेर आफ्ना प्रतिनिधिलाई दिएको मतमाथि विषवमन गरिएको छ । जनप्रतिनिधित्व रहेको सार्वभौम संसद विघटन गरिएको छ । यस कार्यमा नेपाली राजनीतिका दुईचार जना खलपात्रको मखुण्डोको प्रयोग गरियो; र, यसका साक्षीको रूपमा प्रधानमन्त्री र राष्ट्रपतिलाई जनतासामु प्रस्तुत गरियो । यसले सम्पूर्ण नेपालीलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ । नेपाली जनताले लामो समयदेखि गर्दै आएको ऐतिहासिक जनान्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको उपजस्वरूप हामीले लोकतन्त्रको उपभोग गर्न पाएका हौँ । यसका लागि थुप्रै वीर सपुतले आप्नो अमूल्य जीवन बेदीमा चढाएका छन् भने थुप्रैले जीवन समर्पण गरेर हामी नयाँ पुस्ता र देशका लागि यो व्यवस्था ल्याइपुर्याएका हुन्, जसको हामीले निर्बाध रूपमा उपभोग गरिरहेका छौँ । त्यसैले यसलाई सित्तैमा पाएको कसैले नसम्झौँ । हामीहरू अहिले आएर जति प्रेम आफ्नो सम्पत्तिरूपी सियोलाई गर्ने भएका छौँ, त्यो सम्पत्तिप्रति ज्यानभन्दा बढी माया गर्न सिकाएको यही व्यवस्थाले हो । त्यसैले आफ्नो नामको सियोलाई प्रेम गर्न जान्ने हामीले हाम्रो सम्पत्तिभन्दा असङ्ख्य गुणा महङ्गो र प्यारो राजनीतिक व्यवस्था र राष्ट्रलाई माया गर्न सिक्नुपर्छ । यो प्रत्येक नेपाली नागरिकको कर्तव्य हो । प्रथम, अनि अहम् कर्तव्य र जिम्मेवारी हो, राष्ट्रपति र प्रधानमन्त्रीको । यो व्यवस्था ल्याउनमा न कुनै शासकको भूमिका छ, न अन्य कसैको । यो व्यवस्था माथि भनिएजस्तै नेपाली जनताको रगत, पसिना र सङ्घर्षको फल हो । आज दुईचार जना विदेशी साम्राज्यवादी दलालका कारण नेपालको लोकतन्त्र सङ्कटको घडीमा छ । राष्ट्रियता इतिहासकै जटिल मोडमा आइपुगेको छ । अहिले संसद विघटन गरिएको छ । शासकहरू पछाडि फर्केको विश्व इतिहास र नेपाली राजनीतिक इतिहासमा समेत कहीँ कतै भेट्टिन्न । यिनलाई जनताले ठेगान लगाएनन् भने यिनीहरू झन् बढी जनविरोधी बन्ने छन् । यो सत्ता र शक्तिको आधारभूत चरित्र हो । अब नेपाली राजनीतिको कोर्स विस्तार–विस्तारै निरङ्कुशताको दिशातर्फ अगाडि बढने छ । अहिले संसद विघटनको घटनालाई गलत तथ्यको आधारमा पुष्टि गर्ने प्रयत्न ...