हङकङमा व्यापार गर्ने अमेरिकी कम्पनीलाई चेतावनी दिने तयारीमा बाइडेन

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले हङकङमा व्यापार गरिरहेका अमेरिकी कम्पनीलाई त्यहाँ व्यापार गर्दाका जोखिमका बारेमा चेतावनी दिने तयारी गरेका छन्। चीनसँग तनाव बढ्दै गएपछि बाइडेनले सो रणनीति अपनाएका हुन्। वाइडेन आफैंले नै छिट्टै हङकङमा व्यापार गरिरहेका कम्पनीलाई जोखिम चेतावनी दिने तयारीबारे बताएका हुन्। “हङकङको अवस्था बिग्रीरहेको छ। चीनले आफ्नो प्रतिबद्धता पुरा गरेको छैन,” बाइडेनले भनेका छन्।

सम्बन्धित सामग्री

अमेरिकी व्यापार घाटा वृद्धि

एजेन्सी – आयातमा भएको वृद्धिका कारण जुलाईमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले देखाएको छ । “जुलाईमा अमेरिकाको व्यापार घाटा बढेर ६५ अर्ब डलर पुगेको छ, जुन जुनमा संशोधित ६३.७ अर्ब डलरको आँकडाभन्दा बढी हो,” वाणिज्य विभागले जनाएको छ। तर विश्लेषकको अनुमानअनुसार यो दोस्रो त्रैमासिकको औसतभन्दा कम रहेको छ ।पछिल्लो तथ्याङ्कअनुसार आयात १.७ प्रतिशतले बढेर […]

कुन्मिङ व्यापार मेलामा ५६ अर्ब अमेरिकी डलरको लगानी सम्झौता

सातौँ चीन–दक्षिण एसिया व्यापार मेला सम्पन्न भएको छ । मेलामा ५६ अर्ब १० करोड अमेरिकी डलर बराबरका तीन सय ३८ परियोजनामा हस्ताक्षर भएको छ । कोभिड–१९ महामारीपछि चीन–दक्षिण एसिया व्यापार मेला भौतिक रुपमा पहिलो पटक आयोजना गरिएको हो । दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजना भएको पाँचदिने मेलामा ८५ देश, क्षेत्र र अन्तरराष्ट्रिय सङ्घसंस्थाका […]

अमेरिका र ताइवानद्वारा व्यापार वार्ताको घोषणा

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन् ।पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यलयले जनाएको छ । बजार शहरीकरण, डिजिटल व्यापार र भ्रष्टाचार विरोधी मापदण्डबारे उनीहरूको छलफल हुने जनाइएको छ । पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ ।२१ औँ शताब्दीको व्यापारमा अमेरिका–ताइवान पहल पहिलो पटक जुनमा अनावरण गरिएको थियो । दुबै पक्ष वार्ताको जनादेशमा सहमतिमा पुगेका छ

ताइवानसँग व्यापार वार्ता गर्दै अमेरिका

अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलेसीको विवादास्पद ताइपेई भ्रमणपछि अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले ताइवानसँग व्यापार वार्ताको तयारी गरिरहेको छ ।  ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउन साङ्केतिक प्रयासस्वरुप वासिङट्नले चीनको स्वशासित क्षेत्र ताइवानसँग विस्तृत व्यापार सन्धिका निम्ति वार्ताको योजना बनाएको हो । सभामुख पेलोसीको भ्रमणपछि ताइवानलाई तर्साउन बेइजिङले समुद्रमा मिसाइल प्रहारको सैन्य अभ्यास गरेपछि बिहीबार वासिङट्नले व्यापार वार्ताको घोषणा गरेको हो ।अमेरिकी व्यापार

सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा ८०.९ अर्ब अमेरिकी डलर

वासिङ्टन– अमेरिकी अग्रिम अन्तर्राष्ट्रिय व्यापार घाटा सेप्टेम्बरमा उच्च रेकर्ड भई ८०.९ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी वाणिज्य विभागले बिहीबार जानकारी गराएको छ । यो तथ्याङ्कले ढुवानीभन्दा अगाडि गरिएको भुक्तानीलाई जनाउँछ र यो ११ प्रतिशतको वृद्धि हो । “अमेरिकी तथ्याङ्क विभाग र अमेरिकी आर्थिक विश्लेषण विभागले सेप्टेम्बर महिनामा समान तथा सेवा घाटा ८०.९ अर्ब अमेरिकी डलर […]

अमेरिकी व्यापार घाटा ८०.९ अर्ब अमेरिकी डलर

अमेरिकी अग्रिम अन्तर्राष्ट्रिय व्यापार घाटा सेप्टेम्बरमा उच्च रेकर्ड भई ८०.९ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी वाणिज्य विभागले बिहीबार जानकारी गराएको छ । यो तथ्याङ्कले ढुवानीभन्दा अगाडि गरिएको भुक्तानीलाई जनाउँछ र यो  ११ प्रतिशतको वृद्धि हो । “अमेरिकी तथ्याङ्क विभाग र अमेरिकी आर्थिक विश्लेषण विभागले सेप्टेम्बर महिनामा समान तथा सेवा घाटा ८०.९ अर्ब अमेरिकी डलर भएको घोषणा गरेको छ । अगस्तमा यो घाटामा ८.१ अर्ब अमेरिकी डलरबाट बढेर ७२.८ अर्ब अमेरिकी डलर पुगेको थियो ।” विभा

अमेरिका र चीनका प्रमुख व्यापार प्रतिनिधिबीच वार्ता

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वासिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा सम्बन्ध बिग्रिएपछि विश्वका दुई ठूला अर्थतन्त्रका मुख्य व्यापार प्रतिनिधिबीच भएको यो दोस्रो परामर्श हो । यी दुई अधिकारीबीच यस पहिले गत मेमा पनि दुई देशबीचको व्यापार सम्बन्धबारे छलफल भएको थियो । अमेरिकी व्यापार प्रतिनिधिले शुक्रबार जारी गरेको वक्तव्यमा भनिएको छ, “उनीहरूबीचको सोहार्द

राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्नेछैनौँः अमेरिकी राजदूत बेरी

काठमाडौं।नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज अमेरिकाबाट काठमाडौं आइपुगेको जोन्सन एण्ड जोन्सनको खोप अमेरिकी जनताको तर्फबाट निःशुल्क उपचार भएको बताएका छन्।१५ लाख ३४ हजार ८५० मात्रा खोप काठमाडौं आएपछि बेरीले भनेका छन्,“राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्नेछैनौँ। यो जीवनरक्षासँग जोडिएको विषय हो।”अमेरिका नेपालको कोभिड–१९ प्रतिकार्यमा सहयोग प्रदान गर्ने सबैभन्दा ठूलो दातृराष्ट्र भएको दाबी समेत उनले गरेका छन्।

म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित

संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ। गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर...