प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटारमा

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् । उनी आज बिहान बूढानीलकण्ठबाट बालुवाटार सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   नेपाली काँग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा

२५ पुस, काठमाडौं । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यसैले प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका एकजना सदस्यले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीज्यू भेटघाट बन्द गरेर आइसोलेट […]

प्रधानमन्त्री देउवा ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमे धरान

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सुनसरीको धरानमा फोहोरमैला प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् । काठमाडौंबाट हेलिकोप्टरमा गएका प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका-६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रमा पुगेर फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए।त्यसपछि प्रधानमन्त्री देउवा फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर धरान घुमेका थिए ।

प्रधानमन्त्री देउवा धरानमा

काठमाडौं, पुस २० । ‘धरान डे’ लगायत विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा धरान पुगेका छन्। मंगलबार १० बजे प्रधानमन्त्री देउवा हेलिकोप्टरमार्फत् धरान पुगेका हुन् । धरान उपमहानगर स्थापनाको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी देउवा धरान पुगेका हुन् । आज उपमहानगरले सार्वजनिक बिदासमेत दिएको छ । प्रधानमन्त्री देउवाले धरानमा रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र […]

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवा एक साताको बेलायतको भ्रमण गरेर स्वदेश फर्किएका छन् ।  कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज उनी स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसह

बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा पूर्व प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका जिल्लामा बाढी-पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा आइतबार पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरमा बाढी-पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि निस्किएका हुन् ।प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा पूर्वी जिल्लाको क्षति निरीक्षणमा निस्किएको रातोपाटीलाई बताए । विहान ८ बजे पूर्वी लागेका प्रधानमन्त्री देउवा आइतबार साँझ काठमाडौं फर्कने कार्यक्रम छ । बिहीबार र

प्रधानमन्त्री देउवा बाढी पहिरोको क्षतिको निरीक्षण गर्न सुदूरपश्चिममा

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि बिहीबार गृहप्रदेश सुदूरपश्चिममा आएका छन्। प्रधानमन्त्री देउवा बिहीबार बिहान सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका क्षति निरीक्षणका लागि सुदूरपश्चिम आएका हुन्। अहिले प्रधानमन्त्री देउवा डोटीमा बाढी पहिरोले गरेको क्षतिका बारेमा निरीक्षण गरिरहेका छन् । टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरु […]

प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) पोखरा जाने भएका छन्। गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम लगायतमा भाग लिन प्रधानमन्त्री देउवा आज पोखरा जान लागेका हुन्। देउवा गत असार २९ मा प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्री भएपछि पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुन आज देउवा पोखरा जान लागेका हुन्। आज बिहान प्रधानमन्त्री देउवा […]

प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो । भेटमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाव्य जोखिम र नियन्त्रण, कोरोना विरुद्दको खोप व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको छ । साथै सुदूरपश्चिम प्रदेशको समग्र विकासका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री […]

प्रधानमन्त्री देउवा आफैं खोप केन्द्रमा जाने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार खोप केन्द्रहरूको स्थलगत निरीक्षणमा जाने भएका छन्। सोमबारबाट सुरु हुने जोन्सन एन्ड जोन्सनको खोप अभियानमा प्रधानमन्त्री देउवा उपत्यकाभित्रका खोप केन्द्रमा निरीक्षणका लागि जाने स्वास्थ्य मन्त्रालयले जनाएको हो। प्रधानमन्त्री देउवा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरूको जाने बताइएको छ।

प्रधानमन्त्री देउवा आफै पुग्नुभयो नेपाललाई भेट्न

काठमाडौं, असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले कोटेश्वरस्थित निवासमै पुगेर एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नुभएको छ । मंगलबार राती प्रधानमन्त्रीको सपथपछि राष्ट्रपति निवास शितल निवासमा संक्षिप्त भेट भएका नेपाललाई भेट्न प्रधानमन्त्री देउवा बुधबार अपरान्ह नेपाल निवास पुग्नु भएको हो । एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने बाध्यतमा रहनुभएका देउवा विश्वासको मत तथा सरकारमा सहभागिताको […]