पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बैतडीका एक युवक बेपत्ता भएका छन्। दशरथचन्द नगरपालिका–१० बुड्डाका २२ वर्षीय सौरभ चन्द बेपत्ता भएको प्रहरीले जनाएको छ। पिकनिक मनाउन साथीहरुसँग गएका युवक पौडी खेल्न भनि महाकाली नदी गएका र उनी बगेर बेपत्ता भएको स्थानीय उत्तम चन्दले बताए।