महाकाली नदीमा एक युवक बेपत्ता

बैतडी । बैतडीस्थित महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका छन् । उनी झुलाघाटबाट १ किमि उत्तरको बाटोबाट महाकाली नदीमा खसेर बेपत्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । टीकाराम झुलाघाटबाट सामान किनेर घर फर्किरहेका थिए । […]

सम्बन्धित सामग्री

दार्चुला घटना : आन्दोलनको आँधीबेरी ल्याउने युवा सङ्घको चेतावनी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा दार्चुलामा महाकाली नदीमा नेपाली युवक बेपत्ता भएको घटनाको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार राजधानीमा प्रदर्शन गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गाला जान खोज्दा तुइन चुँडिएर स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन् ।तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी काट्दा धामी नदीमा खसेर बेपत्ता भएको स्थानीयको आरोप छ ।  गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट

जयसिंह धामी मृत्यु प्रकरणका दाेषीलाई कारबाही गर्न अध्यक्ष थापाको माग

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले दार्चुला घटनाका विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइँ दिएपछि एक युवक बेपत्ता भएका थिए । घटनामा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको निधनबारे गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न समेत अध्यक्ष थापाले […]

भारतीय एसएसबीले तुइन काट्दा नदीमा खसेर नेपाली युवा बेपत्ता भएको आरोप

दार्चुला जिल्लामा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा बेपत्ता भएको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याएर आफ्नो नागरिकलाई न्याय दिलाउन नेपाली काँग्रेसले सरकारसमक्ष माग गरेको छ । दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा । भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण उक्त घटना भएको आरोप छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र

नदीमा बगेर एक युवक बेपत्ता

पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बैतडीका एक युवक बेपत्ता भएका छन्। दशरथचन्द नगरपालिका–१० बुड्डाका २२ वर्षीय सौरभ चन्द बेपत्ता भएको प्रहरीले जनाएको छ। पिकनिक मनाउन साथीहरुसँग गएका युवक पौडी खेल्न भनि महाकाली नदी गएका र उनी बगेर बेपत्ता भएको स्थानीय उत्तम चन्दले बताए।