नेपाल इन्डो–प्यासिफिक क्षेत्रमा महत्वपूर्ण साझेदार : अमेरिका

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच वार्ता एन्टोनी जे ब्लिंकेन, विदेशमन्त्री, अमेरिका- नेपाल आज इन्डो–प्यासिफिकमा निकै महत्वपूर्ण साझेदार हो । हामी स्वतन्त्र, खुला, सुरक्षित, समृद्ध हिन्द–प्रशान्त क्षेत्र सुनिश्चित गर्न सँगै काम गरिरहेका छौँ । अमेरिकाले...

सम्बन्धित सामग्री

व्यापारिक साझेदार खोज्दै अमेरिका

अमेरिकाले चीनको साटो नयाँ व्यापारिक साझेदार खोज्दै गर्दा उसको नजर भारतमाथि परेको छ  अमेरिका भ्रमणका रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रेस कन्फरेन्समा भनेका थिए, ‘भारत–अमेरिकाबीच व्यापार र लगानी साझेदारी  दुई देशका...

चीनलाई उछिन्दै अमेरिका बन्यो भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार

काठमाडौँ- आर्थिक वर्ष सन् २०२१–२२ मा चीनलाई उछिन्दै अमेरिका भारतको सबैभन्दा ठूलो साझेदार बनेको छ । भारतीय व्यापार मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०२१–२२ मा अमेरिका र भारतबीच १ खर्ब १३ अर्ब ४२ करोड डलर बराबरको द्विपक्षीय व्यापार भएको छ । अघिल्लो आर्थिक वर्षमा भारत र अमेरिकाबीच ८० अर्ब ५१ करोड […]

भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बन्यो अमेरिका, चीन पर्‍यो पछि

जेठ १६, नयाँदिल्ली(भारत) । अमेरिका भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ। यसले दुई देशबीचको आर्थिक सम्बन्ध बलियो बन्दै गएको पुष्टि गरेको भारतको वाणिज्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । यसअघि चीन भारतको सवैभन्दा ठूलो व्यापार साझेदार थियो । शुरुवाती चरणमा कोरोना महामारी फैलिएको कारखाना गतिविधि सुस्त भएका कारण चीन र प्रमुख साझेदार देशहरु बीच ब्यापार घटेको हो । त्यसै समयमा अमेरिकाले भारतलगायत अन्य देशहरुको विपरीत राम्रो अवसर पाएको छ। भारतको वाणिज्य मन्त्रालयको तथ्यांक अनुसार अमेरिका र भारतबीचको द्विपक्षीय व्यापार २०२१/२२ मा बढेर ११९ अर्ब डलर पुगेको छ। जवकि २०२०/ २१ मा ८० दशमलव ५१ अर्ब डलर रहेको थियो । सन् २०२१/२२ मा अमेरिकाबाट भारतको निर्यात ५१ दशमलव ६२ अर्ब डलरबाट बढेर ७६ दशमलव ११ अर्ब डलर पुगेको छ। योसँगै अमेरिकाबाट भारतको आयात पनि २०२०/ २१ मा २९ अर्ब डलरबाट बढेर ४३ दशमलव ३१ अर्ब डलर पुगेको छ। भारत र चीनबीचको द्विपक्षीय व्यापार २०२१/२२ मा ११५ दशमलव ४२ अर्ब डलरको भएको छ । सन् २०२०/ २१ मा ८६ दशमलव ४ अर्ब डलरको रहेको थियो ।   सन् २०२०/२१ मा चीनबाट भारतको निर्यात २१ दशमलव १८ अर्ब डलर थियो। जुन २०२१/२२ मा बढेर २१ दशमलव २५ अर्ब डलर पुगेको छ।  चीनसँगको भारतको व्यापार घाटा २०२१/२२ मा बढेर ७२ दशमलव ९१ अर्ब डलर पुगेको छ। भारतीय बजार विश्लेषकहरुले अमेरिकासँगको यो व्यापार अझै कायमै रहनेछ। अमेरिका र भारतले निरन्तर व्यापारिक सम्बन्धलाई कायमै राख्न विभिन्न प्रयासहरु जारी राखेका छन्। बैंग्लुरुस्थित इन्डियन इन्स्टिच्युट अफ प्लान्टेसन म्यानेजमेन्ट (आईआईपीएम) का निर्देशक राकेश मोहन जोशीले भारत १ दशमलव ३९ अर्ब जनसंख्या भएको विश्वको तेस्रो ठूलो उपभोक्ता बजार भएको बताउँछन्। ‘दुई देशको अर्थतन्त्रबीच प्रविधि हस्तान्तरण, उत्पादन, व्यापार र लगानीको अपार सम्भावना छ’, उनले भने, ‘भारतले अमेरिका पठाउने उत्पादनमा पेट्रोलियमबाहेक पेट्रोलियम पालिस गरिएको हीरा, औषधि उत्पादन, गहना, हलुका तेल र फ्रोजन झिंगा पर्छन्। जसमा भारतले अमेरिकाबाट पेट्रोलियम, रफ हीरा, एलपीजी, सुन, कोइला र बदाम खरीद गर्छ।’ भारतीय निर्यात संगठन महासंघका उपाध्यक्ष खालिद खान भारत विश्वमै एक उदाउँदो भरपर्दो व्यापारिक साझेदार भएको बताउँछन् । उनका अनुसार  विश्वव्यापी कम्पनीहरुले चीनमा आफ्नो निर्भरता घटाउँदै लगेका छन् जसका कारण ती कम्पनीहरुले आफ्नो व्यापार भारतजस्ता देशहरुमा फैलाइरहेका छन् । चीनभन्दा पहिले यूएई भारतको सबैभन्दा ठूलो व्यापार साझेदार थियो।यूएईसँग भारतको द्विपक्षीय व्यापार २०२१/ २२ मा ७२ दशमलव ९ अर्ब डलर थियो। यूएई चाहीं अहिले भारतको तेस्रो ठूलो व्यापार साझेदार हो। त्यसपछि साउदी अरब, इराक र सिंगापुर छन्। एजेन्सीहरु

अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन रुसको चेतावनी

रुसले अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । रुसले एउटा कुटनीतिक नोटको माध्यमबाट चेतावनी दिएको बीबीसीले जनाएको छ । दुई पृष्ठको कुटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डीसीमा रहेकाे दूतावासले उपलब्ध गराएको हो ।   युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बाहिर आउन थालेपछि रुसले नोट पठाएको हो ।  त्यसको केही घन्टापछि अमेरिकी राष्ट्रपति बाइडेनले आठ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगलाई अनुमोदन...

शहबाज शरिफ पाकिस्तानका प्रधानमन्त्री बनेकोमा पहिलो पटक बोल्यो अमेरिका

अमेरिकाले शहबाज पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेकोमा पहिलो पटक प्रतिक्रिया दिएका छन् । अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनले यसबारे बयान जारी गरेका छन् । ब्लिङ्कनले पाकिस्तान ७५ वर्षदेखि व्यापक आपसी हितमा एक महत्वपूर्ण साझेदार रहेको बताएका छन् ।ब्लिङ्कनले बयानमा भनेका छन्, ‘अमेरिका पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शहबाज शरिफलाई बधाई दिन्छ । हामी पाकिस्तानसँग लामो समयदेखि चलिरहेको सहयोग अघि बढ्ने आशा राख्छ । अमेरिका एउटा बलियो, समृद्ध र लोकतान्त्रिक पाकिस्तानलाई दुबै देशको ह

मानवअधिकार उल्लंघनलाई प्रोत्साहन गर्दै अमेरिका

आफ्नो महत्‍वपूर्ण साझेदार हो भन्दैमा भारतले गम्भीर धार्मिक उत्पीडन गरेको आरोप लगाइएको प्रतिवेदनप्रति नै अमेरिकाले आँखा चिम्लिनु मानवअधिकार उल्लंघनलाई प्रोत्साहन हो १७  नोभेम्बरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जारी गरेको धार्मिक स्वतन्त्रता हनन...

नेपाल मामलामा अमेरिका, चीन र भारतबीच त्रीपक्षीय शक्ति संघर्ष

समाचार विश्लेषण । दक्षिण एशियाको राजनीतिमा अमेरिका र चीन आक्रामक रुपमा अगाडि बढ्न थालेका छन् । अमेरिकाले इन्डो प्यासिफिक रणनीति र चीनले ब्रिक एन्ड रोड इनिसिएटिम (बीआरआई)मार्फत् प्रभाव बढाउन अरबौं डलर खर्चिइरहेका छन् । यी रणनीतिहरुमा आर्थिक मात्र नभई सामरिक स्वार्थ लुकेको छ । नेपाल इन्डो प्यासिफिकको महत्वपूर्ण साझेदार बन्न सक्ने अमेरिकी धारणा सार्वजनिक भएकै […]

अमेरिकी विदेशमन्त्रीले नयाँदिल्लीमा, भने– भारत विश्व शक्ति बन्ने पक्षमा अमेरिका

बीबीसी। दुई दिने भारत भ्रमणको सिलसिलाम अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन नयाँदिल्ली आइपुगेका छन्। “अमेरिका इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि कायम राख्ने प्रयासमा भारतलाई एक महत्वपूर्ण साझेदार र उदाउँदो विश्व शक्तिको रुपमा समर्थन गर्दछ”, ब्लिन्केनले भने। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। ब्लिन्केनले भारत–अमेरिका सैन्य सहयोग नयाँ उचाई पुगेको समेत बताएका छन्।