अमेरिकी विदेशमन्त्रीले नयाँदिल्लीमा, भने– भारत विश्व शक्ति बन्ने पक्षमा अमेरिका

बीबीसी। दुई दिने भारत भ्रमणको सिलसिलाम अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन नयाँदिल्ली आइपुगेका छन्। “अमेरिका इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि कायम राख्ने प्रयासमा भारतलाई एक महत्वपूर्ण साझेदार र उदाउँदो विश्व शक्तिको रुपमा समर्थन गर्दछ”, ब्लिन्केनले भने। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। ब्लिन्केनले भारत–अमेरिका सैन्य सहयोग नयाँ उचाई पुगेको समेत बताएका छन्।

सम्बन्धित सामग्री

भारत-अमेरिकाको सम्बन्ध र विश्व राजनीतिमा यसको प्रभाव

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण हालै सम्पन्न भएको छ। मोदीको विदेश भ्रमण चर्चामा रहनु स्वभाविकै हो। मोदीको अमेरिका भ्रमणमा दुई देशबीच आर्थिक र व्यापारिक निर्णय, रणनीतिक खरिद, औद्योगिक सहयोग र हवाईट हाउसमा मोदीको स्वागत पनि चर्चाको विषय रहयो। भारतले आर्टिफिसियल इन्टेलिजेन्स (आईए) क्वान्टम कम्प्युटिङ्ग, अन्तरीक्ष र दूरसञ्चार जस्ता भविष्यका प्रविधिको क्षेत्रमा ठुलो प्रगति गरेको […]

डब्ल्यूटीओका ६ ओटा व्यापार विवाद टुंग्याउँदै भारत र अमेरिका

काठमाडौं । भारत र अमेरिकाले विश्व व्यापार संगठन (डब्ल्यूटीओ)मा विचाराधीन ६ ओटा विवाद अन्त्य गर्ने सहमति गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा दुई देशबीच यस्तो सहमति भएको हो । यो सहमतिसँगै भारतले पनि २८ अमेरिकी वस्तुमा लगाएको प्रतिकारात्मक शुल्क हटाउने भएको छ । मोदी हाल अमेरिकी राष्ट्रपति जो बाइडेन दम्पतीको निम्तोमा अमेरिका भ्रमणमा छन् । अमेरिकाले सन् २०१८ मा राष्ट्रिय सुरक्षाको नाममा भारतबाट आउने केही स्टिल र आल्मुनियमका सामानमा २५ प्रतिशत र १० प्रतिशत आयात कर लगाएको थियो । सोको प्रतिकारमा भारतले पनि सन् २०१९ जुनमा चना, दाल, बदाम, ओखर, स्याउ, बोरिक एसिड जस्ता २८ वस्तुमा अतिरिक्त शुल्क लगाएको थियो । अमेरिका र भारतले आजै डब्ल्यूटीओमा चलिरहेको ६ ओटा विवाद अन्त्य गर्न सहमति गरेको अमेरिकी व्यापार प्रतिनिधि केथरिन ताईले बताएकी छिन् । भारतले अमेरिकी कृषि उत्पादक र कम्पनीहरूको लागि बजारमा अवसर पनि विस्तार गर्ने बताइएको छ । एजेन्सी

छैठाैं विश्व नेवा: दिवस मनाइँदै

काठमाण्डाै – विश्वभरि रहेका नेवार समुदायले आज नेवा दिवस मनाउँदैछन् । वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने गरिन्छ । विभिन्न देशमा रहेका नेवार संघसंस्थाले विभिन्न कार्यक्रम गरेर छैठौं विश्व नेवाः दिवस मनाउँदैछन् । नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा नेपाल, अमेरिका, संयुक्त अधिराज्य, भारत, जापान, बेल्जियम, न्युजिल्याण्ड लगायतका देशमा रहेको च्याप्टरले विभिन्न कार्यक्रम गर्ने व...

भारत विश्वमै बढी रेमिट्यान्स भित्र्याउने मुलुक बन्याे

काठमाडौं । भारतले यो वर्ष १ सय अर्ब डलर रेमिट्यान्स भित्र्याउने भएको छ । विश्व बैंकका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो । अमेरिका लगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ति देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा १ खर्ब डलर रेमिट्यान्स भित्र्याउन सफल भएको विश्व बैंकको […]

मक्कीलाई आतंकवादी घोषणा गर्ने भारत र अमेरिकाको प्रस्तावलाई चीनको झट्का

चरमपन्थी संगठन लश्कर–ए–तैयबाका नेता अब्दुल रहमान मक्कीलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्मा ‘विश्व आतंककारी’ घोषणा गर्ने अमेरिका र भारतको प्रस्तावलाई चीनले झट्का दिएको छ ।भारत–अमेरिकाको यो संयुक्त प्रस्तावलाई चीनले रोकेको हो ।जुन १ मा भारत र अमेरिकाले संयुक्त रुपमा मक्कीको नाम साझा गरेका थिए ।मक्की लश्कर–एतैयबाका संस्थापक हाफिज सईदका निकट नातेदार हुन् । मक्कीलाई दुवै देशको घरेलु कानुनअनुसार अतिवादी घोषित गरिएको छ । यसबाहेक अमेरिकाले उनीमाथि २० लाख भारुको इनामसम

रुसप्रति भारत मौन, अमेरिका असन्तुष्ट

३३ दिनदेखि जारी रुस–युक्रेन युद्धमा भारत मौन भएपछि विश्व समुदाय आश्चर्यमा परेको छ ।  भारतको दुई धारे व्यवहारबाट अमेरिका चिन्तित रहेको छ । तर, उसले भारतलाई आफ्नो खेमामा लाउन सक्नेप्रति विश्वस्त भने रहेको छ । ह्वाइट हाउसको सुरक्षा परिषदमा हिन्द–प्रशान्तका निर्देशक मिरा ¥याप हुपरले भारतलाई आफ्नो साथमा ल्याउने प्रयास भइरहेको बताइन् ।यूएनएससीमा भारतको दृष्टिकोणभारत युक्रेनमा रुसको हमलाको निन्दा गर्ने सबै प्रस्तावको मतदानमा यूएनएससीमा अनुपस्थित रहँदै आएको छ । भारतका साथै चीन र

यी हुन् अमेरिका आउँदा मान्यताप्राप्त कोरोनाबिरुद्धका ९ भ्याक्सिन

अमेरिका आउँदा मान्यता पाउने कोरोनाबिरुद्धका भ्याक्सिनको संख्या ९ रहेको छ । विश्व स्वास्थ्य संगठनले भारत बायोटेकबाट उत्पादित कोरोनाबिरुद्धको भारतीय भ्याक्सिन कोभ्याक्सिन र नोभाभ्याक्सबाट लाइसेन्सप्राप्त भारतमा शेरम इन्स्टीच्युटबाट उत्पादित कोभोभ्याक्सलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिएपछि  अमेरिका आउँदा ९ प्रकारका भ्याक्सिन लगाएकाहरुलाई प्रवेश दिइन्छ । अमेरिका प्रवेशका लागि जोन्सन एण्ड जोन्सन, फाइजर, मोडेर्ना, आष्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल, साइनोभ्याकलाई […]

भारत-चीन-अमेरिका त्रिकोण : नेपालका लागि अभिशाप कि वरदान ?

भारत-चीन-अमेरिका रणनीतिक स्वार्थको त्रिकोणभित्र नेपाल रूपी जहाज हराउँछ भन्ने भाष्य सत्य हो कि बर्मूडा त्रिकोणबारे कुत्सेको दाबी झैं अतिशयोक्तिपूर्ण चर्चा मात्र ? यो 'हाइपोथेसिस' अब सम्परीक्षणको चरणमा प्रवेश गरेको छ ।

महामारीबीच विश्व सैनिक खर्चमा २.६ प्रतिशतले वृद्धि

काठमाडौं। सन् २०२० मा विश्व सैनिक खर्च १९.८१ खर्ब अमेरिकी डलर पुगेको छ। कोरोना महामारीले विश्वलाई थिलोथिलो पारिरहेको बेला अघिल्लो वर्षको तुलनामा २०२० मा सैनिक खर्च २.६ प्रतिशतले वृद्धि भएको हो। स्टकहोल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टीच्युटकाअनुसार पाँच देशले मात्र विश्व सैनिक खर्चको ६२ प्रतिशत रकम खर्च गरेका छन्। सबैभन्दा बढी खर्च गर्नेमा क्रमशः अमेरिका, चीन, भारत, रुस र बेलायत छन्।