राष्ट्रिय सभामा रिक्त हुन लागेको सदस्यमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।
माघ १२ गते हुने निर्वाचनका लागि मंगलवार उम्मेदवारी मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान गठबन्धनको बैठक बसिरहेको प्रधानमन्त्रीका एक सहयोगीले जानकारी दिए ।
बैठकले रिक्त हुन लागेको २० सीटका लागि हुने निर्वाचनमा भागबण्डा गर्ने तयारी गरेको छ ।
२० मध्ये एक सीट सरकारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने कोटा हो ।
१९ सीटमध्ये कांग्रेस आफूले १० सीट राखेर ब...