राजकिशोर यादवको निष्कर्ष- मधेसमा ओलीको ग्राफ बढेको छ

३१ वैशाख, काठमाडौं । आजभन्दा एक वर्षअघिमात्र फर्किने हो भने केपी शर्मा ओली र मधेसवादी दलका नेताहरुबीचको सम्बन्ध बिर्सनलायक थियो । राजपा नेपालले ओलीलाई प्रवेश निषेध घोषणा नै गर्‍यो । ओलीको मधेसबिरोधी छवि जबर्जस्त बनाइएको थियो । तीनै मधेसवादी नेताहरु अहिले मधेसको राजधानी जनकपुरमा ओलीलाई खुला दिलले स्वागत गर्ने ठाउँमा …

सम्बन्धित सामग्री

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्विरोध हुने अवस्था छः जसपा नेता

काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवं सांसद राजकिशोर यादवले राष्ट्रपति निर्वाचनले राष्ट्रिय राजनीति नयाँ डिस्कोर्सतर्फ अघि बढेको बताएका छन् । ‘जनतामा रहेको निराशा, व्यवस्थाप्रति वितृष्णा र नेतृत्वप्रति विश्वास टुटेको अवस्थामा राष्ट्रिय राजनीति नयाँ कोर्समा गएको छ । राष्ट्रपति निर्वाचनमा दलहरुबीचमा आम सहमति निर्माण हुन नसके पनि अधिकतम सहमति कायम भएको छ […]

रेडक्रसद्वारा रौतहटमा सयौँ परिवारलाई कम्बल वितरण

रौतहट । नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले सयौँ परिवारलाई न्यानो कम्बल वितरण गरेको छ। पछिल्लो केही दिनदेखि बढेको चिसो बाट बचाउन सोसाइटी सभापति राजकिशोर यादवको पहलमा स्थानीय सयौँ परिवारलाई कम्बल वितरण गरिएको हो ।

राजकिशोर यादवलाई फकाउँदै बाबुराम भट्टराई

काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी, नेपाल विभाजनको मुखमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई दुवै पक्षले आ–आफ्नो पक्षको बैठक राखेपछि जसपा आधिकारिक रुपमा विभाजनतर्फ अघि बढेको छ । भट्टराईले हिजोबाट केन्द्रीय समितिको विस्तारित बैठक सुरु गरेका छन् । उता, यादवले आजबाट केन्द्रीय कार्यकारिणी समितिको बैठक राखेका […]

जसपालाई गठबन्धनको जरुरी थिएन : राजकिशोर यादव

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको सरगर्मी बढेको छ। स्थानीय निर्वाचनमा दलहरूबीच तालमेल र गठबन्धनको तयारी तीव्र बनेको छ। सत्तारुढ दलहरूबीच आपसी तालमेल गरेर चुनावमा जाने निर्णय भएपनि कार्यान्वयनमा अनेकौं चुनौतीहरू देखाइरहेका छन्। स्थानीय चुनावको तयारी, तालमेलको अवस्था, लगायत समसामयिक विषयमा सत्तारुढ गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) नेता तथा पूर्वमन्त्री राजकिशोर […]

आँपमा मधुवाले सताएकाले किसान हैरान

महोत्तरी । पात र हाँगासमेत नदेखिने गरी आँपका रुखमा मज्जर (मञ्जरी, फूल) ले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन थालेका छन् । यसपाली आँपमा राम्रो मज्जर खेल्दा मनग्गे आम्दानी लिने आसले फुरुङ्ग परेका भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतोको खुसी मधुवा (आँपको मज्जरमा लाग्ने रोग) का कारण धेरै दिन टिकेन । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी लागेको  पहेंलपुर मज्जर मधुवाले डढाएर सखाप पारेकाले उनको  खुशी हराएको हो । महतोजस्तै सोही बस्तीका बासु बराल, गुणराज दाहाल, सतिश पाण्डे, अरुण गिरी, हरिदेव साह, सत्यनारायण यादव र भजन महतो पनि आँपको मज्जरमा मधुवाले भुसुक्कै पारेकाले पिरोलिएका छन् । फूल फुलेको देख्दा यसपालि राम्रै आम्दानी लिने सपना बुनेका थियौँ”, फलफूल किसान हरिदेव साहले भने, राम्ररी टिकोला (चिचिला) नै लाग्न नपाई मज्जरनै डढ्यो ।” मधुवाको प्रकोपले व्यावसायिक रूपमै फलफूलखेती गर्ने यहाँका किसान निरास भएका छन् । फलफूल खेतीलाई नै गुजाराको मुख्य पेसा बनाएका किसानमा फलफूलमा लाग्ने रोगको प्रकोपले चिन्ता बढाएको हो । “खै केही वर्ष पहिले त फलफूलखेती हेर्ने जेटिए बाबु (कृषि सहायक, कृषि प्राविधिक) आएर यस्तो गर्नोस् भनेर परामर्श दिन्थे”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका फलफूल किसान विनोद महतोले भने, “अचेल त केही वर्षयता कोही पनि सोधखोज गर्न आउँदैनन्, आफूले जानेको गरियो, केही लागेन ।” समयसमयमा कृषि परामर्श नपाउँदा पनि आफूहरू पछि परेको फलफूल किसानको गुनासो थियो । जिल्लाको बर्दिबास, गौशाला, भङ्गाहा र जलेश्वर नगरपालिका क्षेत्र एवं पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिक रूपमै आँप बगैँचा लगाइएको छ । सबैजसो क्षेत्रमा मधुवाले मज्जर डढाएर कालो बनाएपछि लागेका  केही टिकोला पनि चाउरिएर नबढेको पीडित किसानले बताए । “यसपालि आँपबाट आम्दानी लिने आस मर्‍यो”, मधुवाले डढाएर कालो बनाएको मज्जरतिर देखाउँदै पशुपतिनगरकै अर्का फलफूल किसान सुरजसिंह कुशवाहाले भने । उनकोे दुई बिघा जमिनमा आँप बगैँचामा २० प्रतिशत रुखमा मात्र चिचिला रहेको बुशवाहाको भनाइ थियो । आँपमा चिचिला खेल्ने समय चैत पहिलो सातामै मज्जरमा मधुवा लागेर कालो बनाएको छ । चैत शुरू भएसँगै मधुवाले आँपका मज्जर डढाएर कालो बनाएको गौशाला–८ बेलगाछीका किसान लालदेव महतोले  बताए । आफ्नो बारीका ६० रुख आँपमध्ये आधाभन्दा बढी  रुखको मज्जर मधुवाले डढाएको उनको गुनासो थियो । “मधुवा नियन्त्रणका लागि उपचार गरिए पनि रोग नियन्त्रण हुन सकेको छैन”, महतोले आफ्नो आँप बगैंचामै पुगेका सञ्चारकर्मीसँग भने, ँतर सघन उपचार बढाइएपछि थप रुखमा भने मधुवा लागेको छैन ।” यसपालि जिल्लाका सबैजसो भेगमा आँपमा राम्रो मज्जर लागे पनि सबैतिर मधुवाको प्रकोप पनि फैलिएको छ । “पहिले त पानीको फोहराले प्राकृतिक उपचार गरियो”, जलेश्वर–५ चौडियाका किसान रहिमन मण्डलले भने । “त्यसपछि एकपछि अर्को उपचार चलाइए पनि पूर्ण नियन्त्रण हुन सकेन ।” आँपमा मधुवाले गाँजेपछि यसपाली आँपको उत्पादन घट्ने चिन्ताले किसानसँगै उपभोक्ता पनि पिरोलिएका छन् । “आँप प्रचुर फल्दा सस्तो हुने र गरिबले पनि आफ्नो आयस्ताअनुसार खान पाउँथे”, बर्दिबास–१ का होटल व्यवसायी दिपेन्द्र पराजुलीले भने,, "यसपाली भने मधुवाले मज्जर नै डढाएपछि उत्पादन कम हुनेहुँदा उपभोक्ताले आँप खान पाउने छैनन् ।” यता फलफूल विज्ञले भने मज्जर खेल्नासाथै उपचार नगरिदा मधुवाको प्रकोप बढेको बताए । समयमै उपचार नगरिँदा मधुवाको प्रकोप बढेको भङ्गाहा–६ सग्रामपुर निवासी पूर्वकृषि विज्ञ  राजकिशोर यादवको भनाइ थियो ।  लगातार सघन उपचार  गरिँदै लगिए रुखका टिकोला अडाउन सकिने उनको सुझाव थियो ।     यसैगरी आँपमा फूल खेल्न थालेकै बेला उपचार नगर्दा मधुवा लागेको अर्का फलफूल विज्ञ ज्ञानेन्द्र सिंह कुशवाहाको भनाइ थियो । रासस

नेकपा एमाले धनुषामा विवाद : अध्यक्षले स्थगित गरेको बैठक सचिवको नेतृत्वमा बस्दै

जनकपुरधाम : नेकपा एमाले धनुषामा विवाद बढेको छ। सोमवार हुने भनिएको जिल्ला बैठकलाई लिएर दुई छुट्टाछुट्टै विज्ञप्ति जारी हुँदा विवाद सतहमा आएको हो। एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले पूर्वनिर्धारित जिल्ला अधिवेशनका लागि तयारी बैठक सोमवार बस्ने तय गरे पनि अन्तिम समयमा आएर स्थगित गरे। तर, सचिव तेज नारायण यादवले बैठक…

देउवाको पत्रपछि महन्थ ठाकुर पक्ष छलफलमा, विश्वासको मतबारे अन्तिम निर्णय लिने

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको पक्षमा मतदान गर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई सम्बोधन गरेर नै पत्र लेखेपछि सो पार्टीका नेताहरू त्यस विषयमा छलफलमा जुटेका छन् । सो पार्टीका कार्यकारिणी सदस्य सन्तोष महेताले भने, प्रधानमन्त्री देउवाको विश्वासको मतको पक्षमा मतदान गर्ने सम्भावना धेरै छ, त्यस विषयमा दलहरूको बीचमा चलिरहेको छ ।’ महन्थ ठाकुर पक्षकै राजकिशोर य

राजकिशोर र अमृता अग्रहरिले किन गरेनन् महन्थ ठाकुरको पत्रमा हस्ताक्षर ?

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आधिकारिकता दावी गर्दै निर्वाचन आयोगलाई बुझाएको पत्रमा कार्यकारिणी सदस्यको तर्फबाट राजकिशोर यादव र अमृता अग्रहरिले हस्ताक्षर नगरेको जसपा स्रोतले जनाएको छ । कार्यकारिणी सदस्य रहेका दुवैजना पार्टीमा भइरहेको क्रियाकलापको बारेमा असन्तुष्ट देखिन्छन् । ठाकुर पक्षका नेताहरुमा व्यक्तिवादी सोच रहेको र जसका कारण पार्टीभित्र गुटबन्दी बढेको उनीहरुको ठहर छ । उसो त, अध्यक्ष ठाकुरले प्रधानमन्त्री अ‍ोली नेतृत्वको सरकारमा आफ्नो समूहबाट मन्त्री

उपेन्द्र यादवलाई कार्यक्रम गर्न नदिनेसम्मको चेतावनी

मर्यादाको विषयमा विवाद बढ्दै गएपछि जसपामा शीर्ष नेताबीच तिक्तता झन् बढेको छ । राजकिशोर यादव निकट कार्यकर्ताहरु आफ्नो बाहुल्य भएको ठाउँमा यादवलाई कार्यक्रम नै गर्न नदिने चेतावनी दिएका छन् । राजकिशोर निकट नेता तथा  केन्द्रीय सदस्य राहुल यादवले भने, ‘मेरो गृहजिल्ला उदयपुरमा उपेन्द्र यादवलाई कार्यक्रम गर्न दिन्नौँ । हिम्मत छ भने कार्यक्रम गरेर देखाउनुस् ।’ आफ्नै गृहजिल्ला सिरहामा उपेन्द्रले राजकिशोरलाई अपमान गरेको बताउँदै भने, ‘यो त अति नै भयो । अब चुप लाग्दैनौँ । ’ माघ ३ गते सिरहामा जसपाले गरे...

जसपाभित्र तिक्तता बढ्दै उपेन्द्रलाई कार्यक्रम गर्न नदिने चेतावनी

मर्यादाको विषयमा विवाद बढ्दै गएपछि जनता समाजवादी पार्टीमा शीर्ष नेताबीचको तिक्तता झन बढेको छ। राजकिशोर यादवनिकट कार्यकर्ताहरू आफ्नो बाहुल्य भएको ठाउँमा यादवलाई कार्यक्रम नै गर्न नदिने चेतावनी दिएका छन्। राजकिशोरनिकट नेता तथा पार्टीका केन्द्रीय सदस्य राहुल यादवले भने, ‘मेरो गृह जिल्ला उदयपुरमा उपेन्द्र यादवलाई कार्यक्रम गर्न दिन्नौ। हिम्मत छ भने कार्यक्रम गरेर देखाउनुहोस्।’