हुन्डाईले " फेस्टिभ कार्निवल" आयोजना गर्ने

काठमाडौं ।  दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा  हुन्डाई नेपालले चाडपर्व लक्षित गरी ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत "हुन्डाई  फेस्टिभ कार्निवल" असोज १९ गते देखि २१ गते सम्म देशभरका  शोरुमबाट सञ्चालन गर्दैछ।   हुन्डाई  फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने हुन्डाईले जनाएको छ।  कार्निवलमा हुण्डाईकोसबै शोरुमहरुमा फरक-फरक कार्यक्रमहरु आयोजना गरिनेछ। लाइभ फूड स्टल, लाइभ म्यूजिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धि आवश्यक विभिन्न  डीआइवाइ टिप्स एन्ड ट्रिक्स  DIY Tips & Tricks, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा,  ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि  हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने छन् । तीनदिने यस  कार्निवलमा  हुण्डाई TikTok Contest, 'EXTER Treasure Hunt', Daily 'Test Drive & Win' र महिला चालकहरुप्रति लक्षित Hyundai 'Wheels on Heels' जस्ता कार्यक्रमहरुपनि आयोजना गरिनेछ। कार्नीवल मा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड BOSCH  तथा WHIRLPOOL का वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन्। सदैव आफुलाई आफ्नो परिवारसंग जोडिएर रहन रुचाउँदै विगत लामो समयदेखि नेपाली अटो बजारमा आफ्नो एक विशेष पहिचान स्थापित गर्न सफल नेपालका लागि HYUNDAI को आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेटल सम्पूर्ण नेपालीको महान चाड बडा दशैं २०८० को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछ र आफ्नो परिवारसँग यस कार्यक्रममा नजिकैको हुन्डाई शोरुममा पाल्न सादर निमन्त्रणा गर्दछ।

सम्बन्धित सामग्री

हुन्डाईले भोलिदेखि ‘फेस्टिभ कार्निवल’ आयोजना गर्दै - NepaliPatra

काठमाडौँ। दशैं, दिपावली र छठ पर्वको अवसरमा हुन्डाई नेपालले ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने भएको छ। शुक्रबार १९ असोजदेखि २१ असोजसम्म सञ्चालन हुने ‘फेस्टिभ कार्निवल’ देशभरका सबै शोरुममा सञ्चालन हुनेछ। हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने छ। कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक–फरक कार्यक्रमहरु आयोजना गरिनेछ। लाइभ […]

हुन्डाईले तीन दिने ‘फेस्टिभ कार्निभल’ गर्ने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भोलि शुक्रवारबाट ‘फेस्टिभ कार्निभल’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना देशभर रहेका सबै शोरुमहरुमा उक्त कार्निभल आयोजना गर्न लागेको हो । कम्पनीले आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर संचालन गरिरहेको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत नै ‘फेस्टिभ कार्निभल’ आयोजना गर्न लागेको हो । यसलाई दशैं अगाडिको शुभकामना आदान […]

हुन्डाईले ल्यायो ‘फेस्टिभ डिलाइट २०७८’

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत ग्राहकहरुलाई बम्पर उपहारका साथै खरिदमा नगद छुटको व्यवस्था गरिएको छ। बम्पर उपहारअन्तर्गत एक ग्राहकले लक्की ड्रमार्फत हुन्डाई i20 गाडी पाउने छन्। गाडी खरिदमा तीन लाख रुपैयाँ सम्मको आकर्षक नगद छुटको व्यवस्था छ। स्क्रयाच कार्डमार्फत एक लाखसम्म थप […]