सरकारले विभिन्न औपचारिक कार्यक्रम गरी असार १५ गते राष्ट्रिय धान दिवस मनाए पनि किसानको मुहारमा यो दिवसको रौनकता देखिएको छैन । रासायनिक मलको अभावले चिन्तित किसानलाई वर्षाले भने केही राहत दिएको छ ।समयमा मल, सिञ्चाईको व्यवस्था नगर्ने तर क्यालेन्डर अनुसार औपचारिकताका लागि राष्ट्रिय धान दिवस मनाउनुको अर्थ नरहने किसानहरू बताउँछन् ।रुपन्देहीको सियारीमा प्रदेशको कृषि मन्त्रालयले धान दिवसका अवसरमा औपचारिक कार्यक्रम गरेको थियो । बुटवल नगरपालिका र तिलोत्तमा नगरपालिकाले पनि छुट्टाछुट्टै कार्यक्रम गरी धान दिव